Logo
  माघ १६, २०७९ सोमबार

अदालत छाड्न आदेश दिने, प्रहरी पक्रदैँ वेपत्ता पार्दै



झापा, ३१ बैसाख । प्रहरीले माथिको निर्देशनका नाममा झापा र सुनसरीका सात जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई पटक पटक पक्राउ गर्ने र वेपत्ता पानै काम गरेको छ । अदालत र जिल्ला प्रसाशन कार्यालयबाट छुटेका विप्लव कार्यकर्तालाई प्रहरीले पटक पटक पक्राउ गरि वेपत्ता बनाउने र पुनः मुद्धा चलाउने कार्य गर्दै आएको छ ।
सुनसरी प्रहरीले इटहरी ९ का रोशन ढकाल र लक्ष्मण कार्की, इटहरी १० का मोहन कार्की, धरानका सरोज राई र सुरज राईलाई चैत्र सात गते पक्राउ गरेको थियो । सुनसरी जिल्ला अदालतको बन्दीप्रत्यक्षीकरणको आदेशबाट चैत्र १८ गते छुटेका पाँचै जनालाई प्रहरीले तत्कालै पक्राउ गरि वेपत्ता बनायो । प्रहरीले सरोज र सुरज राईलाई झपाको इप्रका झिलझिलेको हिरासतमा राख्यो भने रोशन, लक्ष्मण र मोहन कार्कीलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राख्यो । सुनसरी प्रहरीले झापा ल्याएर बुझाएपनि परिवारलाई त्यसको कुनै पत्तो दिएन ।
परिवारको तर्फबाट झापा, मोरङ र सुनसरीका सम्भावित प्रहरी हिरासतमा खोजी गर्दा पाँच दिनपछि झापामा भएको पत्ता लागेको रोशन ढकालका बुबा सोमनाथ ढकालले बताए । उनले प्रहरीले अनाहाकमा दुःख दिन पटक पटक पक्राउ गरेको बताए । पक्राउ परेका पाँचै जना अहिले जिल्ला प्रहरी कार्यालय इलामको हिरासतमा रहेका छन् । जिल्ला प्रसाशन कार्यालय झापाबाट बैसाख १३ गते जनही एक एक हजार धरौटीमा टाडिएका पाँचै जनालाई प्रहरीले कार्यालय भित्रैबाट पक्राउ गरि इलाम पुर्याएको सोमनाथले बताए । उनीहरु बिरुद्ध प्रहरीले सार्वजनिक अपराध सम्बन्धि मुद्धा दर्ता गरेको छ ।
झापा बुद्धशान्ति गाउँपालिकाका दिपक लकान्द्री र दिपक करुङ्वाङ्लाई प्रहरीले एनसेल टावरमा आगजनी गरेको अभियोग दर्ता गरेको थियो । झापा जिल्ला अदालतले मागेको जनही २५ हजार धरौटी बुझाउन नसक्दा उनीहरु कारागार चलान भएका थिए । तर, दिपक लकान्द्रीले २५ हजार धरौटी राखेर कारागार बाहिर निश्कन नपाउँदै जिल्ला प्रहरी कार्यालय झापाबाट गएको प्रहरीले पक्राउ गरि वेपत्ता पारेको छ । उनको अवस्था के हो भन्ने अहिलेसम्म थाहा हुन नसकेको उनको परिवारले जनाएको छ ।
प्रहरीले यस विषयमा खासै प्रतिक्रिया दिन चाहेन । प्रहरीले माथीको आदेशमा पक्राउ गरेको बतएको छ । विप्लव कार्यकर्तालाई प्रहरीले जहाँ भेटपनि पक्राउ गर्ने र झुठ्ठा मुद्धा दर्ता गर्ने गरेको छ । एमाले माओवादी सरकारले विप्लव कार्यकर्तालाई जे गर्न प्रहरीले आदेश दिएको छ त्यसमा प्रहरी अधिकारीनै असन्तुष्ट छन् । उनीहरुले विप्लव कार्यकर्तालाई के गर्ने भन्ने सरकारको प्रस्ट नीति आउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्