Logo
  माघ २२, २०७९ आईतबार

दश वर्षे जनयुद्धः फर्केर हेर्दा



नेपाली कम्युनिस्ट आन्दोलनको पाँचौं दशकमा शुरु भएको महान जनयुद्ध आमूल परिवर्तनको पहिलो र प्रभावकारी संघर्षको स्वरुप थियो । तत्कालिन नेकपा (माओवादी) को नेतृत्वमा भएको दश वर्षे महान जनयुद्धको क्रममा हजारौँ योद्धाले बलिदान गरे । देशभर हजारौं शहीद, सयौं बेपत्ता, असंख्य घाइते, राजनीतिक बन्दी, यातना पीडित र घरवारविहीन बनेका संघर्षशील जनसमुदायको बलिदान र योगदान इतिहासकै अद्वितीय रह्यो । हजारौं पेशेवर नेता तथा कार्यकर्ताको उत्पादनले कम्युनिस्ट आन्दोलन निकै मजबुत र शक्तिशाली भयो ।

युद्ध र शान्ति दुवै प्रकृयामा क्रान्तिकारी शक्ति र व्यक्तिहरुको ध्रुविकरणसँगसँगै पार्टी र आन्दोलन सर्वाधिक व्यापक हुँदै आयो । जनयुद्ध र जनआन्दोलनको समायोजनको परिणामस्वरुप देशमा संविधानसभाबाट नयाँ संविधान, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायत असामान्य र अकल्पनीय राजनीतिक उपलब्धी प्राप्त भएका छन् । यससँगै जनताको क्रान्तिकारी चेतमा गुणात्मक अभिवृद्धि भएको छ ।

२०५२ साल फागुन १ गते ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं’ भन्ने मूल नाराका साथ जनयुद्ध शुरु भएको थियो । पहिलो दिन माओवादीले ६ ठाउँमा कारबाही गरेको थियो । काभ्रेको सामन्त, गोरखा च्याङ्लीको कृषि विकास बैंक, काठमाडौंको पेप्सीकोला, रोल्पा होलेरीको प्रहरी चौकी, रुकुम आठबिसकोटको प्रहरी चौकी र सिन्धुलीको गढी प्रहरी चौकीमाथि भएका पहिलो दिनकासबै आक्रमण सफल भएका थिए । यसर्थ जनयुद्ध सामन्तवाद, दलाल तथा नोकरशाही पुँजीवाद र हतियारको भरमा टिकेको राज्यसत्ताविरुद्ध एकैपटक शुरु गरिएको प्रहार थियो ।
२०५३ साल असारमा माओवादीको केन्द्रीय समितिको बैठकद्वारा ‘योजनावद्ध ढंगले छापामार युद्धको विकास गरौं’ भन्ने मूल नारासहित जनयुद्धको विकासको दोस्रो योजना शुरु गर्ने निर्णय गरियो । २०५४ साल असारमा ‘छापामार युद्धलाई विकासको अर्को नयाँ उचाइमा उठाऔं’ भन्ने मूल नारासहितको तेस्रो योजना लागू भयो । २०५५ साल भदौमा भएको पार्टीको चौथो विस्तारित वैठकले ‘आधार इलाका निर्माणको दिशामा अघि बढौं’ भन्ने मूल नारा तय ग¥यो । नेपालको जनयुद्धले एक मात्र स्थायी आधारइलाकाको परिकल्पना गरेको थिएन ।
२०५७ फागुनमा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले प्रचण्डपथ पारित गरी पथप्रदर्शक सिद्धान्त माकर््सवाद–लेनिनवाद–माओवाद–प्रचण्डपथ तय गरियो । पार्टीका सर्वोच्च कमाण्डर प्रचण्डलाई अध्यक्ष पद दिइयो । यसअघि उहाँको पद महामन्त्री थियो । सोही सम्मेललनले दक्षिण एसियाली फेडेरेशनको अवधारणा पारित गरेको थियो । यसै अनुसार दशवटा माओवादी पार्टी सम्मिलित कम्पोसा नामक अन्तर्राष्ट्रिय मञ्च निर्माण भयो ।यस सम्मेलनले ‘आधार इलाका र स्थानीय सत्ता सुदृढ र विस्तार गरौं, केन्द्रीय जनसरकार निर्माणको दिशामा अघि बढौं’भन्ने मूल नारा तय गरेको थियो ।
नेपालमा दश वर्षे जनयुद्ध गर्दा चीनमा माओ त्सेतुङ्गको नेतृत्वमा भएको दीर्घकालीन जनयुद्ध वा रुसमा भि. आइ. लेनिनको नेतृत्वमा भएको आमविद्रोहको कार्यदिशाको हुबहु नक्कल गरिएन । दीर्घकालीन जनयुद्धको रणनीतिमा आमसशस्त्र विद्रोहको समायोजन गरी २०५७ फागुनमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले फ्युजनको कार्यदिशा अघि सारेको थियो ।
दीर्घकालीन जनयुद्धतीन चरणमध्ये थालनीमारणनीतिक रक्षा, २०५८ देखि २०६० सम्म सन्तुलन रयसपछि प्रत्याक्रमणबाट अघि बढेको थियो । रक्षात्मक चरणमाछापामार सेनार युद्धको स्वरुप छापामार (मुख्यतः हान्नेर भाग्ने) नै हुने भएकाले माओवादीले ६ वर्षसम्म पूर्ण सेना बनाइसकेको थिएन । पछि आएर २०५८ साल मंसिरमा जनमुक्ति सेना (पिएलए) घोषणा भयो । यसको सर्वाेच्च कमाण्डर प्रचण्ड रहनुभयो । यसपछि युद्धको स्वरुप चलायमान र आमनेसामने मोर्चाबन्दी हुन थाल्यो । छापामार युद्धको चरणमा राज्य पक्षबाट प्रहरीले थेगेको थियो र पछि सेना परिचालन गरियो ।

छिमेकी भारतमा जनयुद्ध शुरु भएको ५० वर्ष भएको छ, जुन अहिलेसम्म पनि छापामार चरणमा नै देखिन्छ। त्यसैले भारतका माओवादी सेनाको नाम जनमुक्ति छापामार सेना (पिएलजिए)छ । त्यहाँ कम्पनिस्तरमा रहेको सेनालाई विकास गर्दै पूर्ण सेना बनाउने र आमनेसामने युद्धको चरणमा विकास गर्ने प्रयास जारी छ । पेरुमा जनयुद्ध रणनीतिक प्रत्याक्रमणको चरणमा पुगेर पनि सेटब्याक भएको थियो ।

नेपालमा जनयुद्ध शुरु भएपछि २०५३बैशाख २४ गते पहिलो सफल एम्वुस कारबाही रुकुमको तकसेरामा भएको थियो । त्यही वर्ष पुस १९ गते प्रहरी चौकी कब्जा रामेछापको बेथानमा सफल भयो । जनयुद्ध शुरुवातपछि प्रहरी चौकी कब्जाको यो पहिलो घटना हो । आक्रमणको क्रममा सो कार्वाहीका कमाण्डर तीर्थ गौतम, महिला छापामार दिलमाया योञ्जनसहित तीन छापामारको शहादत समेत भएको थियो । पहिलो जिल्ला सदरमुकाम डोल्पा कब्जा २०५७ असोजमा भयो भने सैनिक ब्यारेक कब्जा पहिलोपटक २०५८ मंसिरमा दाङमा भएको थियो । माओवादीले सातवटा डिभिजन र २८ वटा ब्रिगेड निर्माण गरेको थियो । माओवादीले बाबुराम भट्टराईको नेतृत्वमा संयुक्त क्रान्तिकारी जनपरिषद, नेपाल अर्थात् जनसरकार गठन गरेको थियो ।
२०५६ साल भदौ २३ पार्टीका वैकल्पिक पोलिटव्यूरो सदस्य सुरेश वाग्ले (वासु) को गोरखामा गिरफ्तारपछि हत्या गएिको थियो, जो शहीद हुने त्यतिबेलासम्मका सबैभन्दा ठूला नेता थिए । यसको बदलामा माओवादीले असोज ५ गते रुकुमको महतमा रहेको दङ्गा वेश क्याम्प कब्जा गरी डीएसपी ठूले राईलाई धेरै लामो समयसम्म नियन्त्रणमा लिएको थियो ।

जनयुद्धकालमा दुईपटक शान्तिवार्ता समेत भएको थियो । २०५८ साल असारमा युद्धविराम भएपछि भएको शान्तिवार्तामा पार्टीका नेता कृष्णबहादुर महरा, टोपबहादुर रायामाझी र अग्नि सापकोटा सहभागी हुनुभयो भने २०५९ माघमा दोस्रोपटक युद्धविराम भई शान्तिवार्तामा डा. बाबुराम भट्टराईको नेतृत्वमा रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, देव गुरुङ्ग र मातृका यादवको टोली थियो । सरकार पक्षबाट मन्त्रीहरुको वार्ता टोली बनाई खटाइएको थियो ।

दुवै शान्तिवार्तामा गोलमेच सम्मेलन, अन्तरिम सरकार, संविधानसभाको निर्वाचन र गणतन्त्रको स्थापनाका एजेण्डा प्रस्तुत गरिएका थिए । त्यसबेला दुवैपटक वार्ता असफल भयो, जसको मुख्य कारण संविधानसभाको चुनावमा सहमति हुन नसक्नु थियो । माओवादीको त्यो मागमा नेपाली काँग्रेस, नेकपा एमाले लगायत मुख्य दलहरु सहमत हुन सकेका थिएनन् । शाही कूपछि २०६१ सालमा ती दलहरुले समेत संविधानसभामा जाने निर्णय गरेपछि ऐतिहासिक जनआन्दोलन सम्भव भएको थियो र जनयुद्ध विस्तृत शान्ति सम्झौता मार्फत् समाप्त भएको घोषणा गरियो ।

प्रतिक्रिया दिनुहोस्