Logo
  माघ १५, २०७९ आईतबार

कर्मकाण्डि नबनोस संविधान दिवस



नेपालको संविधान घोषणा भएको आज तीन वर्ष पुरा भएको छ । संविधान सभालाई संविधान घोषणा गर्न आठ वर्ष लागेको थियो । २०७२ साल असोज ३ गते आउन नदिन अनेक सड्यन्त्र भए । दलहरु बीचका सहमति भत्काउन अनेक तानाबाना बनिए तरपनि संविधान घोषणा भएको थियो ।

लोकतान्त्रिक मुलुक भारत सडकमै आएर खबरदार हाम्रो सहमती वा हामीले भने भन्दा भिन्न संविधान घोषणा गरौला ? गरिहालेउ भने पनि त्यो लागू हुन दिन्न, तहसनहस पारिदिन्छु । देश नरहन सक्छ भन्ने तहको धम्की दियो भारतले । यस्तो धम्कीका नायक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ बने ।

संविधान घोषणा भयो, भारतले नाकाबन्दी लगायो । त्यसको समर्थनमा आन्दोलन भन्दै मधेसी दल नाका नाकामा धर्ना दिएर बसे । औषधि नपाएर कयौंको मृत्यु भयो । नेपालको अर्थतन्त्र तहसनहस भयो । वैधानिक व्यापार भन्दा तस्करीको खेति फस्टायो ।

मध्य तराईका कतिपय स्थानमा नेपालको झण्डा जलाइयो र भारतको तिरंगा फहराइयो । स्वतन्त्र मधेसका बोर्ड झुण्डिाइयो । तराई साँच्चै स्वतन्त्र हुन्छ कि क्या हो ? भारतले नेपाल एक हुन नदिने भो, तराईको केहि भु भाग भारतले लगेरै छाड्ने भो । नेपालको राष्ट्रियता खतरामा पर्यो । नागरिक स्तरमा यस्तै टिप्पणी हुने गर्दथ्यो ।

संविधान कार्यान्वयन त परै जाओस देशै रहन्छ कि रहँदैन भन्ने अवस्थाको थियो । यस्तो पेचिलो राजनीतिक संक्रमणका बिच तत्कालिन एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बने । ओली प्रधानमन्त्री हुनु भन्दा अघि भारतको नाकाबन्दी र मधेसी दलको जुन ढंगले आलोचना गर्दथे, प्रधानमन्त्री भएपछि रत्तिभर कमी आएन । दुनियाँ नै आश्चर्यमा पर्ने गरी प्रधानमन्त्री ओलीले भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तिखो आलोचना गरे ।

ओलीको त्यस बेलाको दर्बिलो अडानलाई नजस्तरबाट सलाम भएकै हो । त्यसको परिणाम निर्वाचनमा पनि देखियो । एमालेजन, त्यसमा पनि भक्त हुन रुचाउनेले त ओलीको फुर्को जोडेर यति प्रसार गरे कि त्यसको कुनै सीमा थिएन । सामाजिक सञ्जालदेखि संचार माध्यममा व्यक्त धेरैविचार ओलीकै प्रशंसामा खर्च हुने गर्दथ्यो ।

राजा पृथ्वीनाराण र भिमसेन थापा जस्तै राष्ट्रवादी नेता भएको तुलना भयो ओलीको । राष्ट्रिता संकटमा परेका बेला उनको अडानमा यस्तो तुलना हुनु स्वभावित पनि थियो । ओलीलाई राष्ट्र नायक, महान राष्ट्रवादी नेता, जनताका सच्चा नेता, राष्ट्रि नेता जस्ता अनेक उपमा दिएर सम्बोधन गरियो । ओलीको पहिचान नै भिन्दै बनाइयो । एमाले जन मात्र होइन, गैर एमाले पनि ओलीको कमदको प्रसंशक भने ।

ओलीको राष्ट्रिय संकटमा जुन अडान लिए, त्यसले उनलाई राष्ट्रवादी नेता बनाएकै हो । कुन बेला सरकार ढल्ने हो टुङ्गो नभएका बेला पनि ओली शक्तिसाली प्रधानमन्त्री बने । ओलीको शौर्य बेजोडको थियो । निर्वाचनमा उनले चाहेको भन्दा राम्रो परिणाम ल्याए । जनताले उनीसँग धेरै आशा र अपेक्षा गरेका थिए ।

तर, आज यि मध्ये नागरिकताका केहि प्रावधान बाहेक अन्य सबै मुद्दा सेलाएका छन् । संविधान घोषणा हुने बित्तिकै उठाइएका माग आज औचित्यहिन भएका छन् । त्यस बेला ज जसले ति मुद्दा उठाए, आज उनीहरु नै सेलाएका छन् ।

जनताले बाम पार्टीलाई निर्वाचनमा चाहे भन्दा बढी मात्र दिएनन्, दुई तिहाईँको नजिकमा विजयी बनाए । अल्पमतको सरकार हुँदा गर्न नसकेको काम दुई तिहाईँको ओली सरकारले गर्छ भन्ने विश्वास धेरैलाई थियो । तर, नागरिकले चाहे जस्तो परिणाम देखिएको छैन ।

संविधान पछि स्थानीय र प्रदेश सरकारको निर्वाचन भएको छ । अधिकार र कामका हिसाबले स्थानीय सरकार देखिएको छ । तर, प्रदेश सरकार पनि छ भन्ने नागरिकले महसुश गर्न सकेका छैनन् । प्रदेश सरकारका मुख्यमन्त्री संघीय सरकारले अधिकार दिएन, कानुन बनाएर काम गर्ने बाटो खोलिदिएन भन्ने रुन्चे कुरा गर्दै हिँडेका छन् । उनीहरुले औपचारिक कार्यक्रम गरेरै असन्तुष्टि पोखेका छन् ।

सिंहदरबारको अधिकार गाउँमा अलिअलि भएपनि प्रदेशमा छ भनेर नागरिकले अनुभुती गर्न सकेका छैनन् । प्रदेश सरकार र प्रदेशका संरचना निर्माणका लागि कानुन निर्माण गर्ने, प्रदेश स्तरीय संरचना निर्माण गर्ने, प्रदेश सरकारलाई बिकास निर्माणमा सक्रिय बनाउनु पर्ने हो तर त्यो हुन सकेको छैन ।

सरकारका मन्त्री ठुला गफ गर्न प्रतिस्पर्धि छन् । कामको परिणाम निकाल्न सकेका छैनन् । जनताको मन छुने खालका काम र योजना अघि सारेका छैनन् । मन्त्री छन् तर कुर्सीमा निदाई रहेका जस्तो महसुस हुन्छ ।

राष्ट्रादी छवी बनाएका ओलीको क्रेज दिनप्रतिदिन घट्तै गएको छ । यसमा प्रधानमन्त्री स्वयम् दोसी होलान् तर, अरु मन्त्रीले काम गर्न नसक्ताको भार पनि ओलीले बोक्नु पर्ने बध्यता छ । राष्ट्रवादी क्रेज भएका बेला ओलीको बोली देश बनाउने भिजन हुन्थ्यो । तर, आज उनको बोली हावादारी गफमा रुपान्तरण हुन थालेको छ ।

लेकतन्त्र र गणतन्त्रका लागि संघर्ष गर्ने नागरिक राजनीतिक क्रान्तिको एउटा चरण पुरा भएकाले अब आर्थिक क्रान्ति हुनु पर्ने अपेक्षा राख्छ । तिब्र आर्थिक प्रगती हुन नसक्ता त्यसको फाइदा अर्कै वर्ग र तप्काले उठाउने खतरा पनि छ । राजनीतिक परिवर्तनको नेर्तत्व गर्ने वर्गकै आर्थिक परिवर्तनको जिम्मेवारी पनि भएकाले नागरिकको यो चाहना पुरा गर्नै पर्ने हुन्छ ।

सरकार झिना मसिना काममा अल्झिउको छ । काम गराई करिव करिव कर्मकाण्डि प्रकारका छन् । कुनै क्रान्तिकारी योजना छैनन् । जनता निराश हुने अवस्था छ । नागरिकमा बिकास हुन्छ भन्ने सोँच र भरोसा जाग्नै सकेको छैन । लगभग निराशाको अवस्था नागरिक छन् ।

सरकारले यस्तो बेला संविधान दिवश मनाउँदै छ । संविधानमा कानुन राख्नु पर्ने कयों विषय संविधानमा राखिएका छन् । संविधानका प्राविधिक त्रुटी सच्याउने, संविधानले समाजमा ल्याएको परिवर्तन, कार्यान्वयनको अवस्था, नागरिकको अपेक्षाका बिषयमा गम्भिर छलफल र बहस हुनु पर्ने हो । तर, परम्परागत र तामझामकासाथ संविधान दिवस मनाइदैछ ।

पंचायतकालमा पंचायती संविधान राम्रो, पंचायत व्यवस्था झनै राम्रो भन्न नारा जुलुस र गोष्ठी गर्ने संविधान दिवश मनाइने गरिन्थ्यो । बहुदल पछि पनि त्यहि गरियो । २०४७ सालको संविधानलाई संसारकै उत्कृष्ट संविधान भनियो । तर, पनि जनताका समस्या समाधान भएनन् । ाज पनि त्यहि क्रम दोहोरिँदै छ ।

संविधान दिवशका नाममा आज फेरी, नारा जुलुस निकाल्यो यो संविधान संघर्ष गरेर आएको हो, लोकतान्त्रिक, गणतान्त्रिक, संसारकै उत्कृष्ठ भनिन्छ । के कथनीले जनताका आवस्यकता पुरा हुन्छ ? कि जनताका आवश्यक्ता कति पुरा भए ? तिनको गम्भिर समिक्षा गर्ने र नयाँ जोजना बनाउने ?

पंचायत कालदेखि हुने यस्ता कर्मकाण्डि संविधान दिवसको औचित्य रहँदैन । जनता सुखीः र सम्वृद्ध भएर संविधान दिवस मनाउने अवस्था भए मात्र त्यो ओचित्यपूर्ण हुन्छ । तीन वर्षमा संविधान जारी भयो, निर्वाचन भए, सरकार गठन भए जस्ता उपलब्धीले आम नागरिकलाई फरक पार्दैन । यस्तो परिवर्तनले आम मानिसको जीवनमा के परिवर्तन ल्यायो ।

मानिसको आर्थिक समाजिक क्षेत्रमा परिवर्तन भयो कि भएन ? गरिव र गरिखाने वर्गको कति उन्नती भयो भन्ने मुल प्रश्न हो । राजनीतिक रुपमा हुने परिवर्तनले ठुला बढा, पढालिखा, टाठाबाढाको मात्र प्रगती भयो भने परिवर्तनले तल्लो वर्गलाई के फरक पार्ला र ? मुल प्रश्न यो हो ।

हाम्रो संविधान दिवसमा यहि कुराको समिक्षा हुन सक्नु पर्छ । मुखले ट्याउँ ट्याउँ गरेर संविधान राम्रो भनेर मात्र हुँदैन । तीन वर्षमा गरिवी कति घट्यो । त्यो वर्गको शिक्षा, स्वास्थ्य, रोजगार जस्ता आधारभुत कुरामा कति पहुँच वृद्धि भयो भन्ने प्रश्नको हल भयो भने दिवसको औचित्य हुन्छ । अन्यथा दिवश कर्मकाण्डि भन्दा केहि अर्थमा फरक हुँदैन ।

प्रतिक्रिया दिनुहोस्