Logo
  माघ २२, २०७९ आईतबार

एमाले-माओवादीको सांसदलाई निर्देशन सुरु कि अन्त्य ?



एमाले-माओवादी पार्टी एकता प्रक्रिया अन्तर्गत शनिवार सांसद्को संयुक्त भेलामा अध्यक्ष केपी ओली र प्रचण्डले नयाँ सोँच र शैलीबाट चल्न निर्देशन दिए । भेलामा पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङ्ले साँसद्को भुमिकाका बिषयमा प्रशिक्षण दिए । एमाले-माओवादीका २ सय १४ सांसदमा अधिकांश नयाँ भएकाले प्रशिक्षण मूलक भेला आयोजना गरेका हुन् ।
संसदीय अभ्यासमा खारिएका नेम्वाङ्को प्रशिक्षण सांसद्का लागि निकै रोचक बन्यो । उनले मसिना बिषय र प्रशंग सांसदका लागि मनन योग्य थिए । उनी भन्दै थिए, शुन्य समय केहो रु ढ्याप ढ्यापे समयको कसरी प्रयोग गर्ने, संसदमा सम्बोधन गर्दा सभामुखलाई मात्र सम्बोधन गर्दा हुने जस्ता बिषय प्रस्ट पारे ।
प्रशिक्षणको अन्तयमा पार्टीका तर्फबाट सांसदलाई दश बुँदे निर्देशन दिएइएको छ । निर्देशनमा सभ्य भएर बोल्नु, बैठकमा समयमा सामेल हुनु, तालि नबजाउनु, बोल्ने हो भने संकेतका लागि टेवल बजाउनु, नीति नियम घोक्नु, हाई आए मुख छोपेर हाइ काढ्नु, ननिदाउनु, मोवाइल कुरा नगर्नु, एक आपसमा कुरा नगर्नु, संविधान, नीति, नियमका हरेक वाक्य व्यवहारमा उतार्नू उल्लेख छ ।
नेपालमा संसदीय अभ्यास भएको आढाई दशक(१७ साल अघिको समय छाडेर) भइसकेको छ । तरपनि दुई पार्टीले आफ्ना सांसदलाई दिएको निर्देशन अति सामान्य छन् । सांसदलाई मात्र होइन अब पार्टी नेता र कार्यकर्तालाई व्यहारिक जीवनको कला सिकाउनु आवश्यक छ । पार्टीमा माक्र्सवाद, लेनिनवाद, माओवाद घोकाउने, पढाउने गरिन्छ । तर, व्यवहारिक जीवनका बिषयमा अध्ययन र चिनतन नगर्दा पार्टी नेता, सांसद, मन्त्री जस्ता उच्च तहमा पुगेका व्यक्ति सार्वजनिक समारोहमा जोकर बन्नु परेको अनेकौँ दृष्टान्त छन् ।
बैठकः
पार्टीका बैठक ११ बजे भन्यो भने १ बजेपनि सुरु हुँदैनन् । बैठकमा के बिषय बोल्ने भन्ने कुनै तयारी हुँदैन, बोल्न समय माग्यो जे मनमा आउँछ त्यहि बोल्यो । त्यो बिषय बस्तु सम्बन्धित छ छैन त्यसको कुनै मतलव नगर्यो । हाम्रा नेता, माननीयदेखि सार्वजनिक पद धारण गरेका राजनीतिककर्मीको व्यवहार र शैली उस्तै उस्तै छ ।
बोल्न पाँच मिनेट समय दियो भने आदा घण्टासम्म फेद न टुप्पोका कुरा गर्यो र बैठकलाई पट्यार लाग्दो बनायो । एक त ढिलो उपस्थित भएर बैठकको समय लम्बिएको हुन्छ, त्यसमा तोकिएको समयको मतलव नगरी दिग्दार लाग्ने गरी बोल्नाले बैठकको औचित्यै समाप्त हुन्छ । झन कम्युनिष्ट कार्यकर्ता जनवादको नाममा कुण्ठा र आक्रोससम्म पोख्ने गर्दछन् बैठकमा । जनवादको प्रयोगका लागि बैठकमा सहभागि अध्ययनशील हुनु पर्ने, गम्भिर भएर आफ्ना प्रस्तुति राख्ने, अरुको बिचार त्यत्तिकै ध्यानपूर्वक शुन्ने गर्नु पर्ने हो । तर, हुन्छ ठिक उल्टो । बैठकमा आफ्ना कुरा राख्ने तर अरुका कुरा नसुन्ने, अरुले बोलेका समयमा कानेखुसी गर्ने, तालपरे खित्का छाडेर हाँस्ने, आफुले बोल्ने समयमा अरुले कुरा गरे वा कानेखुसी गरे, चुप लाग्नुहोस, हल्ला नगर्नुहोस, ध्यानपूर्वक सुन्नुहोस भन्ने । उस्तै सन्काह र रिसाह रहेछ भने सुन्न मन नहुने र हल्ला गर्ने साथीहरु बहिर जान सक्नु हुनेछ भन्न बेर लगाउँदैनन् । आफ्नो प्रस्तुति कस्तो छ, मैले कति बोल्ने, मेरो बोली र बिषय दमदार छ कि छैन भन्ने कुनै हेक्का नराख्ने, अनी अरुले सुनेनन् भनेर रिसाउने । सहभागि आकर्षित नभए आफ्नो कुरा छोट्याउनु मुद्धिमानी हुन्छ भन्ने करा थाहा नपाउने ।
आमसभा-सार्वजनिक कार्यक्रमः
आमसभाको त झन बेहाल छ । नेपालका प्राय सबै राजनीतिक दल तथा संघ संस्थामा सभा वा कार्यक्रम समयमा सुरु नहुनु सामान्य मानिन्छ । राजनीतिक दलका कार्यक्रम समयमा सुरु नभएर सहभागि हैरान भएका हुन्छन् । त्यसमा अतिथि आशनग्रहणले घण्टौँ खाइदिन्छ । प्रमुख अतिथि, बिशिष्ठ अतिथि, अतिथि, अनेक नामबाट मञ्चमा आशनग्रहणका लागि आमन्त्रण गरिन्छ । मञ्चमा कुर्सी हुँदैन तरैपनि आशनग्रहणका लागि बोलाउन छाडिँदैन । फलानो रिसाउला कि, अस्ती उसले पनि आफुलाई मञ्चमा बोलाएको थियो, त्यसलाई बोलाउनु है अध्यक्षको तत्काल निर्देशन हुन्छ । उद्घोषकले पनि तुरुन्तै बोलाइ हाल्छन् ।
हाम्रामा काममा भन्दा पनि अनेक नामधारी संघ, संगठनपनि समस्या हो । ठुलो मान्छे हुन अनेक नामका संगठनका पसल संचालन हुने गरेका छन् । त्यसको प्रभाव सार्वजनिक कार्यक्रममा पनि देखा पर्दै आएको छ । मञ्चमा कुर्सी सकिएको हुन्छ । तरपनि उद्घोषकले अनेक नामधारी संघ संगठनका व्यक्तिलाई सम्मानका नामा मञ्चमा बोलाउन गर्दछन् । हुँदा हुँदा कार्यक्रममा सहभागि सबै अतिथि र सम्मानित भइसकेका हुन्छन् । पत्रकार छन् भने त अतिथि र सम्मानित नहुन कुरै भएन । पत्रकार रिसाउलान वा समाचार नलेखिदेलान् भन्ने चिन्ताले सबै पत्रकार अतिथि बन्ने अवस्था आएको हो ।
आमसभा वा सार्वजनिक कार्यक्रम ढिलो भएका कारण तिस प्रतिशत समय गुज्रिसकेको हुन्छ । त्यसमा तिस प्रतिशत आशनग्रहणले खाइदिन्छ, बाँँकी चालिस प्रतिशत समयमा कार्यक्रम सक्नु पर्ने चाप हुन्छ । तर, समयको कसैले ख्याल गर्दैनन् । सभामा बोल्न दियो, मञ्चामा आशिन तिन चार दर्जन अतिथि सबैलाई नाम र पदबाट सम्बोधन गर्दा गर्दै पन्द्र बिस मिनेट सकिन्छ । अरु पन्द्र मिनेट मात्र बोल्दा पनि एक जनालाई आधाघण्टा लाग्छ । सुरुका दुई चार जनाले कार्यक्रमको बाँकी समय खाएपछि अर्थ नबर्थको कार्यक्रममा सहभागि हाई काढ्न थाल्छन् । सभामा बस्नु भन्दा नबस्नु उचित ठान्छन् । त्यसमा पनि बस्दा बस्दा र फोर्सा कुराले दिक्क मात्र लाग्दैन भोक तिर्खापनि लाग्छ । उसले कार्यक्रम छाड्नु पर्ने बाध्यता हुन्छ । कार्यक्रम संचालकले सहभागि घट्न थालेपछि भन्छन्, हाम्रो कार्यक्रम सकिन लाग्यो अब पाँच जना मात्र वक्ता हुनुहुन्छ ।
अधिकांश सभामा प्रमुख अतिथि बोल्ने समयमा सहभागि मात्र होइन मञ्चपनि खाली हुँदै जान्छ । प्रमुख अतिथिले कुर्सीलाई सम्बोधन गर्नु पर्ने अवस्था हुन्छ । प्रमुख अतिथिले बोल्नु पर्ने बिषयमा जाँगर नचलाउने वा बोलेपनि संक्षेपमा बोल्नु पर्ने हुन्छ ।
उद्घाटनः
हाम्रा उद्घाटन कार्यक्रम अति लम्बेतान हुन्छन् । रिवन काटेर वा मैनवत्ति बालेर उद्घाटन गर्दा लम्बेतान भाषण ठोक्नु पर्ने । सहभागि पाँच हुन कि दश जना सबै अतिथिले भाषण गर्नु पर्ने जस्ता रोगले उद्घाटन कार्यक्रम फिका हुने गर्छ । उद्घान भनेपछि उद्घाटन् अतिथि आउने उद्घाटन गर्ने, केहि भन्न मनलागे संक्षेपमा कुरा गर्ने, आफ्नो काममा लाग्ने । प्रमुख अतिथि भएपछि सबैकाम छाडेर दिनभर कार्यक्रम रुँगेर बस्नु पर्ने, अरु बिस काम छाड्नु पर्ने कामले अतिथि भइरहने व्यक्तिले के गर्न सक्लान र रु
अतिथि सम्मानः
अतिथि सम्मानमा त हाम्रो हरि बिजोग नै छ । आउने बित्तिकै भएभरका सबैले माला र अविर लगाइदिने । कसले स्वागत गर्ने हो भन्ने हो भन्ने कुनै निश्चित नहुने । गलामा मालाको चांङ हुने । तर, अतिथि कायक्रममा उठ्दा अरु सिटमा बसी रहने, अतिथि बोल्दा खासखुस गर्न नछाड्ने, अतिथिका अघि अघि आएर सेल्फी खिच्ने, अतिथि भन्दा अघि अघि दगुर्ने, अतिथि वा मुख्य व्यक्ति भन्दा अघि अघि अमर्यादित भएर टिपपणी गर्ने । मुख्य व्यक्तिले दिनु पर्ने उत्तर जान्ने भएर बिचैमा अरुले नै बोल्ने जस्ता कार्य अतिथि र मुख्य व्यक्तिको सम्मान होइन, अपमान हो ।
अब के गर्नेः
सिंगापुरका प्रधानमन्त्री ली क्वान यूले चार दशक भन्दा बढी साशन गरे । सानो गरिव देश सिंगापुरलाई संसारकै समृद्ध र बिकसित कसरी बनाए भन्ने अध्ययन गर्ने हो भने बढो आश्चर्य बिषय पाइन्छ । यूले जनतालाई फोहोर नगर्न सार्वजनिक स्थलमा नथुक्न आग्रह गरे, नेता र सांसदलाई सफा लुगा लागउन निर्देशन दिए । पश्चिमा मिडियाले यसलाई बच्चालाई जस्तो जनतालाई सिकाउँदन् सिंगापुरका प्रधानमन्त्री भन्दै खिसिटियूरी गरे । तर, लि क्वान यू को त्यहि सामान्य भनेका कुराले संसार भरका पर्यटक आकर्षित गर्ने सूत्र बन्यो ।
नेपालमा पनि एमाले-माओवादी पार्टीले आफ्ना सांसदलाई दिएको दश बुदे निर्देशन सामान्य जस्ता छन् । तर ति महत्वका छन् । तिनले सांसदलाई जिम्मेवार, मर्यादित मात्र होइन सभ्यपनि बनाउँछ । हाम्रा नीति निर्माता सभ्य र सिष्ट भएभने नागरिक पनि बिस्तारै सभ्न र सिष्ट बन्ने हुन् । पार्टीका कार्यकर्तामा पनि त्यसको प्रभाव पर्छ । कार्यकर्तामा परेको प्रभाव बिस्तारै आम नागरिकमा पर्छ ।
एमाले-माओवादीले आफ्ना सांसदलाई दिएको दश बुँदे निर्देशनलाई अव सुरुवात मान्नु पर्छ । अव सभा, बैठक संचालन विधि निर्धारण गर्नुपर्छ । सभामा जतिले बोल्ने हो त्यतिलाई मात्र बोलाउँदा हुन्छ । अन्य अतिथिलाई नेम प्लेट राखिदिने आफ्नो नाम हेरेर एकमुस्ट बस्न आग्रह गर्ने । निर्धारित समयमा पार्टी र संघ संगठनले कार्यक्रम सक्ने विधि कनाउनु पर्छ । एक दुई पार्टी, केहि ठूला संघ संगठनले यसलाई कार्यान्वयन गर्ने हो भने यो विधि स्थापित हुन धेरै समय लागदैन । मञ्चमा आशिन सबैलाई सम्बोधन गरेर समय खर्च गर्नु भन्दा अध्यक्षता गर्ने अध्यक्ष, प्रमुख अतिथि, अतिथि र सहभागि भने भैगो नि । किन लम्बेतान सम्बोधन गर्ने ।
एमाले-माओवादी पार्टी एकीकरण गर्ने र नयाँ पार्टी निर्माण गर्ने अभियानमा लागेका छन् । नयाँ पार्टी सँगै नयाँ संस्कृतिको मान्यता स्थापित गर्न सक्नु पर्छ । यसले मात्र नयाँ पार्टी स्थापित र सफल हुन सक्छ । यसलाई अभियान बनाउन सनु पर्छ । पार्टीका नेता, कार्यकर्ता सुध्रिए जनतामा पनि सुधार आउँछ । आज दुई पार्टीले गरेको सुरुवात अरुले पनि गर्न सक्छन् । यो सुरु हो अन्त्य नहोस ।
बाम पार्टीले समाजवाद स्थापना गर्ने उद्घोष गरेका छन् । समाजवाद नयाँ समाज हो । सभ्य र नयाँ समाज स्थापना गर्न ठुला कुरा होइन साना कुरा र काम गरेर मात्र सम्भव हुन्छ ।

प्रतिक्रिया दिनुहोस्