काठमाडौँ, १० पुस । तराईमा चिसोसँगै मौसम धुम्म परेको छ । हिमाल र पहाडमा भिसो भएपनि दिउँसो पारिलो घाम देखिएको छ । काठमाडौँ उपत्यकामा पनि चिसो निकै बढेको छ । तर, उपत्यकाबाट खुलेको हिमाल देख्न सकिन्छ ।
पहाड र हिमालममा मध्यान्हमा लाग्ने घामले हिमालको शौन्दर्यता बढाएको छ । मनाङ, मुस्ताङ, रसुवा लगायतका जिल्लामा सेताम्मे हिमाल देखिएको छ । यो दृष्य निकै मनमोहक छ । स्वदेशी तथा विदेशी पर्यटक हिमाली दृष्यबाट मोहित भएका छन् ।