Logo
  माघ २१, २०७९ शनिबार

बुद्धशान्तिका कृषक अग्र्यानिक खेतिमा आकर्षित



नबिना कुईकेल
झापा, १ असोज । झापाको बुद्धशान्ति गाउँपालिका व्यवसायिक तरकारी उत्पादनमा सफल गाउँपालिका हो । बुद्धशान्ति गाउँपालिका तरकारीमा अत्यधिक बिषादीको प्रयोग ठाउँ हो भन्ने कुराले बद्नाम हुँदै गएको थियो । साविक शान्तिनगरले बिषादी गाउँको परिचय पाउन थालेको थियो । तर, आजभोली बुद्धशान्तिको शान्तिनगरले आफ्नो पुरानो पहिचानलाई पुनः स्थापित गर्दै लगेको छ ।

बिषादीको गाउँको परिचय बनाएको शान्तिनगर अहिले अग्र्यानिक गाउँमा रुपान्तरित हुँदै गएको छ । कृषक, समूहमा संगठित भएर अग्र्यानिक तरकारी खेतिमा लागेका छन् । तरकारी खेतिमा बिषादीको अत्यधिक प्रयोग भएरहेका बेला बुद्धशान्ति गाँउपालिका वाड नम्बर ६ का बाबरीटार मिश्रित कृषि समूहमा आवद्ध कुषक अग्र्यानिक तरकारी खेतिमा सक्रिय भएका छन् ।

रासायनिक खेति गरिहेका कृषक कृषि समूहमा आवद्ध भएपछि अग्र्यानिक खेति तर्फ लागेको कृषक उमा खतिवडाले बताइन् । रासायनिक खेति र अग्र्यानिक खेतिको उत्पादनमा फरक आए पनि बिषादीको प्रयोगले घातक रोग लाग्ने भएकाले अग्र्यानिक खेतितर्फ आकर्षित भएको उनले बताइन् ।

विगत ६ वर्षदेखि रसायनिक मलको प्रयोग गर्दै आएकी माधवा गड्तौला हाल अग्र्यानिक तरकारी खे ितगर्दै आएकी छन् । उनले रसायनिक मल र बिषादीले माटो बिग्रिएरकाले अग्र्यानिक खेति शुरु गरेको बताइन् । उनले भनिन्, रसायनिक मल अत्याधिक प्रयोगले माटो बिग्रिएको छ, सूधार गर्ने कार्यमा लागेका छौँ । उनले अग्र्यानिक खेतिबाट आफू सन्तुष्ट रहेको बताइन् ।

सरकारबाट आएको कुषि अनुदान कृषकसमक्ष पूर्याउन बुद्धशान्ति गाँउपालिका वडा नं. ६ को संयाोजनमा बुद्धशान्ति मूल कृषक समूह गठन गरिएको छ । बुद्धशान्ति गाँउपालिका वडा नं. ६ मा जम्मा १७ वटा उप समूह गठन भएको छ ।

कृषिमा आएको बजेट र अनुदान उपसमिति मार्फत बितरण हुँदै आएको बुद्धशान्ति मूल कृषक समुहका अध्यक्ष प्रेम न्यौपानेले बताए । बिषादी न्यूनिकरणको लागि मूल समुहले गर्दै आएको विशेष पहल प्रभावकारी भएको उनले बताए । तर, केहि बिषदीको विकल्प नरहेकोले समस्या आएको उनको भनाइ छ । कृषकको आवश्यकताा अनुसार प्र्राविधिक सहयोग गर्दै आएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

अग्र्यानिक खेतिमा स्थानीय सक्रिय मध्येका कृषक नेत्र पौडेलले अग्र्यानिक उत्पादनको छुट्टै बजार व्यवस्थापन नभएकाले समस्या भएको बताए । उनले अग्र्यानिक उत्पादनको बजार नभएकाले आफू पुनः रसायनिक मलको प्रयोग गर्ने अवस्थामा पुगेको बताए ।

अग्र्यानिक मल र बिषादी पाइने भएकाले अग्र्यानिक खेति सहज भएको कृषकको भनाइ छ । पहिले अग्र्यानिक मल र बिषदि आफै बनाउनु पथ्र्या अहिले केहि मंहगो भए पनि बजारमा किन्न पाइने कृषकले बताए । अग्र्यानिक मल र बिषदीले खेतिका लागि सजिलो भएको बाबरीटार मिश्रित कृषि समूहका सचिव डिल्लीराम खतिवडा बताउँछन् । हाल कृषक अग्र्यानिक तरकारी मात्र होइन, धान खेतिसमेत गर्न थालेको उनले बताए । र, आफूले पनि तरकारी सँगै धानमासमेत अग्र्यानिक मल र बिषादी प्रयोग गरेको उनले सुनाए । कृषि समूहमा आवद्ध सम्पूर्ण कृषकको अनुगमन र आवश्यकता अनुसारको सहयोग समूहले गर्दै आएको सचिव खतिवडाले बताए ।

अग्र्यानिक खेतिमा कृषक आकर्षित भएका समयमा बजार व्यवस्थापन हुन सके अग्र्यानिक उत्पादनमा कृषकको सहभागिता वृद्धि हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्