Logo
  माघ २१, २०७९ शनिबार

पत्रकारितामा उल्टो पिरामिडः यसको प्रयोग सम्बन्धी रोचक तथ्य



पत्रकारितामा उल्टोपिरामिड शैलीमा समाचार लेख विधि निकै लोकप्रिय छ । पत्रकारिताका विद्यार्थी हुन् वा शिक्षक, अधिकतम् उल्टो पिरामिड शैलीमा समाचार लेखन शैलीको अभ्यास गर्ने गर्दछन् । छापा पत्रकारिता यो विधा लोकप्रिय मात्र छैन, यसको जन्म नै छापाबाट भएको हो । यस शैलीको अभ्यास हुनमा रोचक प्रशंग जोडिएको छ ।

सन् १८४० को दशकमा टेलिग्राफबाट अमेरिका र युरोपबीच समाचार आदानप्रदान हुने गर्दथ्यो । त्यसबेला टेलिग्राफको सेवा पटक पटक विच्छेद भएर द एसोसिएटेड प्रेस (एपी)का हैरान भएका पत्रकारले नयाँ उपाय निकाले । उनीहरुले महत्वपूर्ण जानकारी संक्षेपमा लेखेर पहिलो अनुच्छेदमा लेख्ने, र, अन्य जनकारी वा कम महत्वका सूचना पछाडि टिपोट गर्ने । अर्थात, महत्वका आधारमा क्रमशः लेख्दै जाने शैलीको अभ्यास गरे । जुन निरन्तर अभ्यासको क्रममा लेखन शैलीको रुपमा बिकास भयो । जसलाई उल्टो पिरामिड शैली भनियो ।

पत्रकारिताको अभ्यासमा महत्वपूर्ण विषय वा अंश प्रारम्भ वा लिडमा लेख्ने, कम महत्वका तथ्य वा विषय क्रमशः तल लेख्दै जाने शैली नै पिरामिड शैली हो । छापा भन्दा पछि बिकास भएको रेडियो र टेलिभिजनले पनि यहि उल्टो पिरामिड शैली अपनाए । तर, बिस्तारै आफ्ना सञ्चार माध्यमको स्वभाव अनुसार रेडियो र टिभीले उल्टो पिरामिड शैलमा परिवर्तन परिवर्तन गरे ।

एक दशक यता अनलाइन न्यूज पोर्टलले आमसञ्चारमा प्रभाव जमाएका छन् । अनलाइनले पनि प्रारम्भमा उहि उल्टो पिरामिड शैलीमा समाचार प्रकाशन र प्रसारण गरे । नेपालका अधिकांश अनलाइन छापा पत्रकारिताको यो लेखन शैलीबाट भिन्न हुन सकेका छैनन् । तर, अनलाइन न्यूज पोर्टल अन्तरक्रियात्म, तात्कालिक, असिमित स्थान र समयसीमाको अभाव नहुने भएकाले यसमा समाचार लेखन शैलीको फरक अभ्यास सुरु भएको छ ।

पेर्चुगलका सञ्चारविद् जुआँ कानाभिलासले अनलाइन पत्रकारिताका लागि तेर्सो पिरामिड ढाँचा प्रस्तुत गरेका छन् । उल्टो पिरामिडमा आमुख वा पहिलो अनुच्छेद पढ्दा नै पाठकले मूल कुरा थाहा पाउँछन् । त्यस पछि पढ्ने वा नपढ्ने भन्ने उसको रुचीमा निर्भर गर्दछ । तर, अनलाइनमा प्रयोग हुने तेर्साे पिरामिड ढाँचा अनुसार सारांश पढ्ने कि, वृस्तृत पढ्ने कि, अडियो, भिडियो, ग्रापिक्स हर्ने कि उसको छनोटमा भर पर्दछ । यि सबै चिज पाठक वा दर्शकले एकै पटक हेर्न, बुझ्न वा अध्ययन गर्न सक्ने भएकाले तेर्सो पिरामिड शैली भनिएको हो ।

पत्रकारिताको अभ्यास वा अध्यापनमा उल्टो पिरामिडलाई बुझाउन आकर्षक सुरुवात, छाड्नै नसकिने मध्य र विर्षनै नसकिने अन्त्य भनेर बुझाउने गरिएको छ । जे होस, छापा पत्रकारिताको लेखन शैलीमा उल्टो पिरामिडले लामो समय प्रभाव जमाएको थियो । अहिलेको डिजिटल मिडियाको समयमा अनलाइन न्यूज पोर्टलमा तेर्सो पिरामिडको अभ्यास बढ्दो छ ।
(भानुभक्त आचार्यद्वारा लिखित आमसञ्चार र पत्रकारिता पुस्तकबाट पनि केहि अंश समावेस)

प्रतिक्रिया दिनुहोस्