Logo
  माघ १६, २०७९ सोमबार

को हुन् महिषासुर ?



महिषासुर एक यस्तो व्यक्तित्वको नाम हो, जसले सहजै मानिसको ध्यान आकर्षित गर्छ । तर हिन्दु मिथकमा उलनाइ राक्षस (दानव)को रुपमा चित्रित गर्छ । चामुण्डाले उनको हत्या गरिएको जायज ठह¥याउँछ । यद्दपी लोक गाथाहरुमा उस्को भिन्नै कथा छ । जबकी वि आर अम्बेडकर, ज्योती राव फुले जस्ता क्रान्तिकारी चिन्तक पनि महिषासुरलाइ एक महान उदार द्रविडियन शासकको रुपमा हेर्छन । उनले लुटेरा–हत्यारा आर्यहरु (सुरहरु)बाट आफ्ना जनताको रक्षा गरे ।

भारतीय इतिहासकार विजय महेशका अनुसार ‘माही’ शब्दको अर्थ दनियामा शान्ति कायम गर्ने अर्थ हुन्छ । अधिकांस देशका राजाहरु जस्तै महिषासुर विद्वान र शक्तिशाली थिए । उनीसंग १७७ जना विद्वान सल्लाहकार पनि थिए । उनको राज्य प्राकृतिक साधनस्रोत सम्पन्न थियो । उनको राज्यमा विध्वसंक धार्मिक अनुष्ठानको लागि कुनै स्थान थिएन र यस्ता भोज, उत्सव या धार्मिक अनुष्ठानमा मनमानी ढंगले जनावर मार्न पाउँदैन थिए । सबैभन्दा महत्वपूर्ण उनको राज्यमा बेकामे तरिकाले कुनै जिवजन्तुलाइ काटमार गर्ने अधिकार थिएन । जथाभावी रुखविरुवा काट्न बन्देज गरिएको थियो । रुख विरुवा काट्न नदिन उनले धेरैलाइ वन रक्षकको रुपमा नियुक्त गरेका थिए ।

विकासमा महिषासुर राज्य
महिषासुरका नागरिक धातुको ढलान गर्ने प्रविधिको विशेषता भएको इतिहासकार विजयले दावा गरेका थिए । इतिहासकार एम. एल. शेन्दजले पनि स्रोतसंग यसको पुस्टी गरेका छन् । उनका अनुसार ‘इतिहासकार विसेण्ट ए. स्मिथ आफो इतिहास ग्रन्थमा भारतमा तामा युग प्राग ऐतिहासिक कांस्य युगमा औजारको रुपमा प्रयोग हुन्थ्यो । महिषासुरको समयमा पुरै देशका नागरिक उनको राज्यमा हथियार किन्न आउँथे । यी हथियार उच्च गुणस्तरका धातुबाट बनेका हुन्थे । लोककथाका अनुसार महिषासुर विभिन्न वनस्पति र जडिबुटीबाट बन्ने औषधीको गुण जान्दथे । उनी व्क्तिगत रुपमा यसको उपयोग आफ्नो नागरिकको स्वास्थ्य उपचारको लागि गर्थे ।

खलनायक महिषासुर
किन र कसरी यति असल र शानदार राजालाई खलनायक बनाइयो ? यस विषयमा सबल्र्टन संस्कृतिका लेखक र अनुसन्धानकर्ता योगेश मास्टरले विस्तारमा लेखेका छन् । उनले लेखेका छन्, ‘ यो कुरा बुझ्नलाई सुर र असुरहरुबीचको संस्कृतिको संघर्षको कथा सम्झनु पर्छ ।’ उनी अगाडि भन्छन, ‘जस्तो कि जो कोही जान्दछ असुरहरुको महिषा राज्यमा धेरै संख्यामा भैंसीहरु थिए । आर्यहरुको चामुण्डीको सम्बन्ध मूल धन गाइ थियो । जब यी दुइ संस्कृतिमा संघर्ष भयो । महिषासुर पराजित भए र तिनलाइ भगाइ दिए ।’

महिषासुरको शासन
कर्नाटकमा महिषासुरको मात्र शासन थिएन । यहाँ अनेक असुर शासक थिए । यसको व्याख्य गर्दै इतिहासकार विजय भन्छन, ‘सन १९२६ मा मैसुर विश्वविद्यालयले इण्डियन इकोनोमिक कन्फ्रेन्सको लागि एउटा पुस्तिका प्रकाशित भएको थियो । यो पुस्तिकामा कर्नाटक राज्यमा असुर मुखियाको धेरै गढहरु थिए । उदाहरणको लागि गुहासुर राजधानी हरिहरमा राज्य गर्दथे ।

हिडिम्बासुर चित्रदूर्ग र त्यसको आसपास क्षेत्रमा शासन गर्दथे । बकासुर रामानगरका राजा थिए । महिषासुर मैसुरको राजा भएको त सबैलाइ जानकारी नै छ । आर्यको आगमन भन्दा अगाडि यस क्षेत्रमा पुरै देशमा असुरको राज थियो । आर्यले उनको राज्यमा पछि कब्जा जमाए । मैसुरमा महिषासुर दिवसको सेमिनारमा लेखकहरुले उनलाइ बौद्ध राजा बताएका थिए र उनको अपमानको विरोध गरेका थिए ।

अम्बेडकरको खण्डन
असुरहरु दैत्य भएको ब्राम्हणवादी मिथकको जोडतोडले खण्डन गरेका छन् । अंबेडकरले एक निवन्ध लेखेरै सत्यतथ्य वाहिर ल्याएका छन् । उनले निवन्धमा लेखेका छन, ‘असुरहरुलाइ महाभारत र रामायणमा मानव समाजका सदस्य नभएको भनेर चित्रित गर्नु गलत थियो । असुरहरु मानव समाजकै सदस्य थिए ।’ अंम्बेडकरले ब्राम्हणको उपहास उडाउँछन कि उनीहरुले आफ्नो देवतालाइ काँतरहरुको एक समूहको रुपमा प्रस्तुत गरेका छन् । उनी भन्छन, हिन्दुहरुको सबै मिथकले असुरहरुको हत्या विश्णु र शिवले नगरेर देवीहरुले गरेका हुन ।

यदि दुर्गा (कर्नाटकको सन्दर्भमा चामुण्डी)ले महिषासुरको हत्या गरिन । कालीले नरकासुरलाइ मारिन । असुर भाइहरु शुम्भ र निशुम्भको हत्या दुर्गाले गरिन । बाणासुरको हत्या कन्याकुमारीले गरिन । एउटा अन्य असुरको हत्या देवी शक्तिले ग¥यो । अंम्बेडगर भन्छन्, ‘यस्तो लाग्छ भगवानहरु असुरहरुको हातबाट आफ्नो असुरक्षा देखेर आफ्ना श्रीमतीहरुलाइ आफ्नो बचाउ गर्न पठाएका थिए ।’

महिषासुरको हत्या
आखिर के कारण थियो सुर (देवता) हरुले हमेसा आफ्नी महिलाहरुलाई असुर राजाहरुको हत्या गर्न पठाए । यसको कारणको व्याख्या गर्दै विजय भन्छन, ‘देवताहरुलाई राम्रैसंग थाहा थियो कि असुर राजाहरु महिलाका विरुद्ध हतियार उठाउँदैन थिए । यसमध्ये अधिकांस महिलाहरुले असुर राजाहरुको हत्या कपटपूर्ण तरिकाले गरे । आफ्नो लाज शरम छोप्न भगवानहरुले यी हत्यारी पत्निहरुको दश हात, अदभूद हतियार इत्यादिको कहानी बनाए ।

नाटक नौटंकाीको लागि राम्रो लाग्ने कहानी गढे । यो सब नौ टंकीबाट हटेर सच्चाइलाइ हेर्ने हो भने ब्राम्हणवादी वर्गले देशका नागरिकको इतिहास तोडमरोड गरे । इतिहासलाइ यसप्रकारले तोड्नुमा उनको उद्वेश्य स्वार्थपरक थियो ।

महिषासुरको आराधना
बंगाल झारखण्डमा मात्र हैन मैसुरको आसपासको क्षेत्रमा यस्ता समुदाय बस्छन जसले चामुण्डीलाइ उनका उदार राजाको हत्याको दोषी मान्छन । केहि समुदाय दशैंमा महिषासुरको आत्माको लागि प्रार्थना गर्छन । चामुण्डेश्वरीका पुजारी श्रीनिवासले मलाइ भने, ‘तामिलनाडुबाट केहि मानिसहरु एक सालमा दूइ पटक आउँछन र महिषासुरको आराधना गर्छन ।’

आदिवासीमा आक्रोस
पछिल्लो दूइ वर्षदेखि असुरहरु देशभर आक्रोसका मुद्धा बनेका छन् । बंगालका आदिवासीहरु असुर संस्कृतिमा विचार विमर्सका लागि बैठक गरिरहेका छन् । देशका विभिन्न विश्वविद्यालय, कलेजमा असुर विषयवस्तुमा उत्सव आयोजित गरिएका छन् । वितेको साल उस्मानिया विश्वविद्यालय र काकटिया विश्वविद्यालयका विद्यार्थीले ‘नाकासुर दिवस’ मनाएका थिए । जेएनयुका विद्यार्थीले आयोजित गरेको महिषासुर उत्सवलाइ तत्कालीन मानव संसाधन मन्त्रीले देशव्यापी लोकप्रियता प्रदान गरेका थिए । म त्यसको विस्तारमा जान चाहान्न ।

बढ्दो आकर्षण
महिषासुर र अन्य असुरहरु प्रति मानिसको आकर्षणको व्याख्या मात्र गर्ने ? कि केवल मिथक इतिहास हुँदैन भनेर पिण्ड छुटाउने । लोकगाथाहरु हाम्रो अतितको दस्तावेज हुँदैन । विजय यस बारेमा सटिक व्याख्या गर्छन, ‘मनुवादीहरुले बहुसंख्यक समृद्ध सांस्कृतिक इतिहासलाई आफ्नो हिसावले तोड मरोड गरे । हामीले इतिहासमा परेको धुलो टक्टक्याउनु पर्छ ।

पौराणिक भुटलाइ पर्दाफास गर्नु पर्छ । आफ्ना मानिसहरुलाइ र वच्चाहरुलाइ सत्य वताउनु पर्छ । यहिमात्र एकमात्र बाटो हो जसबाट हिँडेर हामी इतिहासको सच्चा दाबेदार बन्छौं र महिषासुर र अन्य असुरहरु प्रति आम मानिसको आकर्षण यहि बताउँछ कि वास्तवमा यहि काम भैरहेछ ।

(गौरी लंकेशले यो रिपोर्ट मूल रूपमा अंग्रेजीमा लेखेकि थिइन, जो वेब पोर्टल बैंगलोर मिररमा २९ फरवरी, २०१६मा प्रकाशित भएको थियो । यसको हिन्दी अनुवाद सिद्धार्थले गरेका थिए । गौरी लंकेश कर्नाटकको एक प्रतिष्ठित परिवारमा जन्मेको थिइन । उनको जन्म २९ जनवरी १९६२ मा भएको थियो । उनको हत्या अतिहिन्दुवादी अज्ञात गुटले सन् २०१७ गरेका थिए । उनी विचारमा नास्तिक थिइन ।

उनले इण्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनबाट पत्रकारिताको पढाइ सकेर अंग्रेजी दैनिक टाइम्स अफ इण्डिया, सण्डे वीकलीको अतिरिक्त तेलगु न्युज च्यानल इनाडुमा पनि काम गरिन । सन् २०० मा उनले लोहियावादी साहित्यकार आफ्ना पीता पी लंकेशद्वारा राजनैतिक टेब्लाइट ‘लंकेश पत्रिके’ को जिम्मेवारी लिइन । विज्ञापन नछाप्ने सो लंकेश पत्रिका भ्रष्टाचार विरोधी तथा ब्राम्हणवाद विरोधी विचारको बाहकको रुपमा जानिन्छ ।)

प्रतिक्रिया दिनुहोस्