Logo
  माघ २१, २०७९ शनिबार

कुनै बेलाको पीडा, अहिले जीवनको आधार



भद्रपुर, २० चैत । भद्रपुर नगरपालिका वडा नम्बर ५ का लेखबहादुर कार्कीका लागि कुनै बेला मेची नदीको किनार त्रास र पीडाको भारी हुन्थ्यो । वर्षामा मेची नदी कतिखेर पस्ला र खेल बगाउला भन्ने पिरलो हुन्थ्यो ।

लेखबहादुरलाई मात्र होइन, गाउँमा सबैमा मेची नदीको कटान र बाढीको पीडा हुन्थ्यो । तर, पछिल्ला वर्षमा त्यो पीडा जीवन गुजरा गर्ने आधारमा बदलिएको छ ।

मेची नदीले बगर बनाएको खेत हेरेर बस्नु भन्दा त्यसको उपयोग गरेर परिवार पाल्न प्रयोग गरे । १५ वर्षदेखि बगरे खेतिमा संलग्न कार्की ५ वर्ष भने मेची नदीको बगरमा खरबुजा, काँक्रा, लौका जस्ता नगदे खेति गर्दै आएका छन् । कुनै बेला मेची बगर हेरेर पीरोलिने कार्की अहिले बगरे खेतीमा रमाएका छन् ।

बगरमा नगदेबाली खेती गर्न भारतीय नागरिक बढी अभ्यस्त भएका छन् । कृषक कार्कीले पनि भारतीय श्रमिक एम.डी भुटुसँगको साझेदारीमा खरबुजा खेती सुरु गरेका हुन् । भुटुसँगको बगरे खेतीको सीप र कार्कीको लगानीले राम्रो व्यावसाय चलेको छ ।

साझेदार भुट र कार्की आफैँ बगरे खेतीमा आफैँ काम गर्छन । कार्कीले यस वर्ष ७ हजार खरबुजाको बिरुवा रोपेको सुनाए । उनले एक सातामा यस वर्षको उत्पादन तयार हुने बताए । अर्को साता लकडाउन नखुले खरबुजा बिग्रने चिन्ता लागेको सुनाए ।

उनको बगरे खेतीमा कालो र सेतो पाङ्ग्रे खजबुजा लटरम्म छन् । प्रति किलो २० रूपैयामा बेच्दा लगानी उठ्ने बताए । उनले भने, बिचौलियाका कारण आफ्नो उत्पादनले उचित मूल्य पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्