Logo

मिडियामा एमसीसी र आस्था राउतको चर्चा..



नेपाली मिडिया र सामाजिक सञ्जालमा अमेरिकाले नेपाल सरकारलाई गर्ने मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्र्तगतको सहयोगका सन्दर्भमा चर्चा र बहस चुलिएको छ । एमसीसी मार्फत आउने ५५ अर्ब नेपालले लिनु हुन्छ, हुँदै ? एमसीसी अमेरिकाको सैन्य रणनीति रहेको इण्डो प्यासिफिकको अङ्ग हो, होइन ? भन्ने विषयमा बहस भइरहेको बेला गायिका आस्था राउत र महिला प्रहरी बीचको विवादले ठाउँ पाएको छ । आस्था र प्रहरी बीचको प्रतिक्रिया र भिडियो भाइरल भएको छ ।

राजनीतिक दल, संघ, संस्था र नागरिक एमसीसीको पक्ष विपक्षमा उभिएको बेला गायिका आस्था र प्रहरीको विवादले मिडिया र सामाजिक सञ्जालमा प्रवेश पाएको हो । आस्था राउत नयाँ पुस्ताकी स्थापित गायिका हुन् । उनी माघ १ गते झापा जाने क्रममा त्रिभुवन विमानस्थलको सुरक्षा जाँचकक्षमा महिला प्रहरीसँग विवाद भएको थियो । प्रहरीसँगको त्यो विवाद सार्वजनिक गरेपछि उनी सामाजिक सञ्जाल र मिडियामा छाएकी हुन् । आस्था र उनका बारेमा भएका टिप्पणी, प्रतिक्रिया र समाचार सामग्रीले मिडिया र सामाजिक सञ्जाल भरिएको छ ।

एयरपोर्टमा भएको विवापछि उनले फेसबुकमा पोष्ट गरेको भिडियो एकाएक भाइरल भयो । उनको पक्षमा विपक्षमा आलोचना, टिप्पणी रसमर्थन भइरहेको छ । प्रहरीले दुरव्यवहार गरेको भन्दै आस्थाले सार्वजनिक गरेको भिडियोको पक्ष विपक्षमा टिप्पणी भएका छन् । आलोचना र समर्थनले तिब्रता पाएपछि आस्थाले प्रहरीसँग माफी माग्दै सार्वजनिक गरेको भिडियो पनि विवादमुक्त हुन सकेन ।

प्रहरीले घटनाको छानवीन गर्न आदेश दिए लगत्तै विमानस्थलमा आस्था प्रवेश गर्दै गरेको र विवादको भिडियो सार्वजनिक भयो । यो भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बन्यो । आस्थामा सम्बन्धमा मिडियामा त्यति नकारात्मक टिप्पणी नभएपनि सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणी भएका छन् ।

महिला प्रहरीले जाहेरी दिनु र आस्थालाई कारवाही हुनसक्ने भन्दै प्रतिक्रिया सार्वजनिक भएपछि उनले घटनाका सम्बन्धमा अर्को भिडियो सार्वजनिक गरिन् । यसलेपनि विावदको अन्त्य गरेर । सामाजिक सञ्जालमा पक्ष र विपक्षमा प्रतिक्रिया र टिप्पणी आइरहे ।

गायिका आस्थाका एकपछि अर्को सबै भिडियो र प्रतिक्रिया विवादित बने । आस्थाको मात्र होइन, प्रहरीको व्यवहारप्रतिपनि सामाजिक सञ्जालमा आलोचना भएको छ । आस्था नयाँ पस्ताकी लोकप्रिय गायिका हुन् । भ्वाइस अफ नेपाल कार्यक्रममा निर्णयकको भूमिका निभाएपछि आस्थाको व्यक्तित्व अझ स्थापित भएको थियो ।

आस्थाका गीत सुन्ने तर उनका सम्बन्धमा खासै जानकारी नराख्नेले पनि प्रहरीसँगको विवादपछि जानकारी राखेका छन् । उनलाई चिनेका छन् । तर, सामाजिक सञ्जालमा भएको नकारात्मक टिप्पणीले उनको व्यक्तित्वमा नोक्सान पूयाएको छ । एउटा कलाकारका लागि सार्वजनिक रुपमा हुने यस्ता आलोचनाले कहिल्यै फाइदा पूर्याउँदैन ।

प्रहरीसँगको विवादमा धर्यता राख्न नसक्ता उनको व्यक्तित्व र कलाकालिता प्रभावित हुन सक्ने सम्भावना छ । उनको लोकप्रियतामा कमी आउँन सक्छ । केही वर्ष अघि गायिका अन्जु पन्तले हिन्दू धर्मका गीत गाउँदिन भनिन् भन्ने प्रतिक्रियाले सामाजिक सञ्जालमा ठूलो आलोचना भएको थियो । कलाकार जस्तो सार्वजनिक व्यक्तित्वले होस नपूर्याइ बोल्दा विवाद उत्पन्न हुने र त्यसले व्यक्तित्वमा नोक्सान पूर्याउँन सक्छ भन्ने हेक्का राख्नु पर्दछ ।

आस्था र प्रहरी बीच भएको विवादले दुईवटा विषयलाई बहसमा ल्याएको छ । एक कलाकार, पत्रकार, नेता, उद्योगी, व्यापारी, संघ, संस्थाका प्रतिनिधि वा विशिष्ठ व्यक्तिको नाममा राज्य संयन्त्रबाट अलग्यै सेवा र सुविदाको माग वा अपेक्षा गर्नु सान्दर्भिक हुँदैन ।

आस्थाले पनि त्यो सुविदाको माग वा अपेक्षा गर्नु उचित नहुने तर्क र विचार सार्वजनिक भएका छन् । त्यसमा पनि प्रहरीले उनलाई चिनेको भए भिन्न व्यवहार गर्न सक्थ्यो । विमानस्थल जस्तो संवेदनशील स्थलको चेकजाँच कक्षमा कलाकारको बढ्प्पन देखाउनु वा विशेष सुविदाको माग गर्नु जायज हुँदैन ।

सामाजिक सञ्जालमा अर्को खाले टिप्पणी पनि भएको छ । प्रहरीले नागरिकप्रति गर्ने व्यवहारको पनि आलोचना भएको छ । एउटा कलाकारप्रति त त्यस्तो व्यवहार हुन्छ भने सामान्य नागरिकप्रति कस्तो व्यवहार होला ? भनी प्रश्न गरिएको छ । प्रहरीले सुरक्षा जाँच वा अन्य समयमा रुखो व्यवहार गर्ने गरेको आस्थाको आरोप सत्य रहेको प्रतिक्रिया व्यक्त भएका छन् ।

प्रहरी मेरो साथी भन्ने नारा नारमा सीमित भएको आस्थाको आरोपलाई धेरैले समर्थन गरेका छन् । प्रहरीले नागरिकलाई नम्र भएर व्यवहार गर्ने ठाउँमा अपराधिलाई जस्तो गर्ने गरेको भनेर आलोचना गरिएको छ । नेपाल प्रहरीको व्यवहारमा तल्लो तहसम्म सूधार हुन नसकेको तितो सत्य हो भन्दै आस्थालाई समर्थन गर्ने संख्यापनि ठूलै छ ।

प्रहरी र आस्थाले सिक्नु पर्ने कुरा
सामाजिक सञ्जालका प्रतिक्रिया अध्ययन तथा विश्लेषण गर्दा नेता, कालाकार, पत्रकार वा कुनै संघ संस्थाको प्रतिनिधिले पाउने वा अपेक्षा गर्ने विशेष सुविदाको अन्त्य हुनपर्दछ । यस घटनाले आस्थाको व्यक्तित्वमा मात्र प्रभाव परेन, प्रहरी संगठन पनि सुध्रनु पर्ने आवाज उठेको छ ।

गायिका आस्था राउतले सम्यमता र धर्यता गुमाएर आवेग र उत्तेजनामा सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गर्दा कति नोक्सानी हुन्छ ? भन्ने शिक्षा लिनु पर्ने हुन्छ । नेपाल प्रहरीले सुरक्षा जाँच गर्ने कुनै पनि स्थानमा कसैले कुनै गल्ती गर्ने वित्तिकै अपराधिलाई जस्तो व्वहार गर्नु अनुचित हुन्छ भन्ने शिक्षा लिनु पर्दछ । प्रहरीको माथिल्लो तहमा मात्र होइन, तल्लो तहमा सूधार आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्