Logo

नेपालमा युवा ४०.३ प्रतिशत, भूमिका शुन्य !



युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहन शक्ति हुन । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रुपमा रहेको हुन्

जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोत समेत मानिन्छ । नेपालमा १६ देखि ४० बर्ष उमेर समूहको जनसंख्या कुल जनसंख्याको ४०.३ प्रतिशत रहेको छ । गुणात्मक र सङख्यात्मक दृष्टिले युुवा राष्ट्रको मेरुदण्ड हुन् । देशको नीति र नेतृत्व युवा वर्गले गर्नु पर्ने हो । नेपालमा ४०.३ युवा रहेपनि नीति र नेतृत्व नपाउनु दुर्भाग्यपूर्ण छ ।

युवामा राष्ट्र, राष्ट्रियता र जनताप्रतिको बफादारी, युवाका आधारभूत आवश्यकताहरुको परिपूर्ति, समानता एवं समतामूलक वितरणको सिद्धान्त, संवैधानिक सर्वोच्चता, वैयक्तिक स्वतन्त्रता, विश्वव्यापी मानवाधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्य मान्यता, विश्वशान्ति, सह–अस्तित्व, जाति, भाषा, संस्कृति र वातावरणीय सम्पदाको संरक्षण र संवद्र्धन जस्ता आधारभूत मूल्य मान्यताहरुको प्रवद्र्धन गर्न राष्ट्रिय युवा नीति, २०७२ तर्जुमा गरिएको छ । तर, यो नीति नीतिमै सीमित भएको छ ।

युवाका समस्या
कुल जनसंखयाको ४०.३ प्रतिशत युवा जनसंख्या रहेको नेपालले जनसांख्यिक लाभांस लिने सन्दर्भमा युवासम्बद्ध समस्या तथा चुनौतीहरुलाई चिर्न आवश्यक छ । गुणस्तरीय, समयसापेक्ष, रोजगारमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच, बेरोजगारी र अर्धबेरोजगारी, युवा पलायन, कमजोर स्वास्थ्य, पोषण र मनोबल, युवामैत्री लगानी र उद्यमशील वातावरणको अभाव, लैंगिक, क्षेत्रीय, जातीय असमानता, तथा विश्वव्यापीकरण र उदारीकरणले ल्याएका नकारात्मक प्रभाव नेपाल युवाका समस्या एवं चुनाँैतीका रुपमा रहेका छन् ।

त्यसैगरी वर्तमान सन्दर्भमा नेपाली युवाका सम्भावना र अवसरहरु पनि उत्तिकै छन् । लोकतान्त्रिक, संघीय शासन प्रणाली र विकासमा सार्थक सहभागिताको अवसर, कृषि, पर्यटन, जलस्रोत लगायतका प्राकृतिक साधनस्रोतको प्रचुरता, बैंक, सहकारी, लघुवित्तको बढ्दो सञ्जालबाट आर्थिक साधन स्रोतमा बढ्दो पहुँच, औपचारिक, व्यवसायीक शिक्षाको बढ्दो सञ्जाल सबैलाई शिक्षा कार्यक्रम, लक्षित समूह एवं भौगोलिक क्षेत्र केन्द्रित विभिन्न कार्यक्रमको विस्तार, सचेतना विस्तारमा विकास सीप, अनुभव र साधनस्रोतको उत्पादनशील क्षेत्रमा प्रयोग गर्दै आन्तरिक रोजगारी सिर्जना गर्नु पर्ने हो । तर, सरकारका नीति, त्यस अनुसार कार्यान्वयन हुन सकेका छैनन् ।

नेपालको वर्तमान सन्दर्भमा संविधान सभा मार्फत संविधान जारी भई प्रतिनिधि सभा प्रदेश सभा र स्थानिय सरकारको गठन पश्चात देशले समृद्धीको शुरुवात गरेको छ । प्रत्येक तह, प्रदेश र राष्ट्रिय स्तर मै विकाश निर्माण, भौतिक पूर्वाधारका व्यापर सुधार लगायतका कार्यालय सम्पन्न हुँदैछन् ।

देशकै कुल जनसंख्याको ठूलो हिंसा करीव ४०% युवाले ओगटेको छ अतस्यसै सन्दर्भमा युवालाई पर्याप्त अवसर र युवामा रहेको उर्जाशिल समयलाई देशकै मुलधारमा ल्याउन विभिन्न युवा सम्बन्धी कार्यक्रम गरी युवाको सर्वागींड विकासमा टेवा पूर्याउन पर्ने आवश्यकता छ

नेपाली युवाका लागि गर्नु कामः
१. आत्मनिर्भर बनाउन जरुरी छ, श्रमको तथ्यांकलाई हेर्दा बर्षेनी ४ लाख भन्दा ज्यादा युवाहरु श्रममा आइरहेका छन । रोजगार र आयमुलक व्यवसाय युवाको पहिलो आवश्यकताको रुपमा रहेको छ ।

२. युवा परिचालन विभिन्न सरकारी भन्दा गैरसरकारी तथा निजी निकायले युवाको परिचालनमा जोड दिएको छ । युवाका सामाजिक, मानसिक र भावनात्मक मनोभाव बुझी युवाको क्षमता अभिवृद्धिका साथै युवालाई प्रोत्साहन गर्न जरुरी छ ।

३. लागु औषधमा खुल्ला सिमानाका कारण झापा जिल्ला लागु औषध प्रयोगकर्ता र व्यापारका रुपमा झापालाई प्रयोग गर्दै आएका छन ।

४. सताव्दी विकास लक्ष्यलाई युवा नीति र युवाको विकासका बिषय र जलवायु परिर्वन, युवा सहभागीताको लक्ष्य लिएको छ ।

अन्तत युवाका सामाजिक, आर्थिक, भावनात्मक र वौद्धिक उपजलाई सही तवरबाट सदुपयोग गरी समग्र विकास निर्माणमा युवाको भूमिकाको मूल्यांकन गर्ने, प्रोत्साहन गर्ने, स्वयसेवामा युवालाई लगाउन आवश्यक छ । युवा परिषद मार्फत प्रत्येक जिल्ला लगायत स्थानिय निकायसम्मले युवाको प्रतिनिधित्वमा जोड दिएको पाएता पनि प्रयाप्त छैन । अझै युवा परिचालनका कार्यक्रम ल्याउन अवसर दिन आवश्यक छ । (लेखकः झापाका युवा अधिकारकर्मी हुन्)

प्रतिक्रिया दिनुहोस्