पसलको बिलभुक्तानीनगरेको आरोपमापक्राउ परेका अफ्रिकनमूलका अमेरिकन अश्वेत नागरिक जर्ज फ्लोयडको एक श्वेत प्रहरीले घुँडाले गर्दनथिचेर बीच सडकमा मे २५ का दिनहत्या गरे ।
प्रहरीले ८ मिनेट ४६ सेकेण्डसम्म गर्दनमाथिच्दा धेरै पटक छाडिदिन अनुनय गरेको भिडियो सडकमा हिँड्ने लाइभ गरे । ‘मलाई सास फेर्न गाह्रो भो,मलाई छाडिदेऊ’भन्दै गरेको अनुरोध अन्तिमवाक्यबन्यो । त्यसपछि उनीकहित्यै बोल्न नसक्ने गरी जीवनलीलाअन्त्यभयो ।
अमेरिकामाउनको हत्याविरुद्ध सडकमा हजारौँले प्रदर्शन गरेका छन् । लुटपाट र आगजनीले अरबौँको नोक्सानभएको छ । प्रदर्शनकारी र प्रहरीबीचको झडपमा १३ जनाभन्दा बढीले ज्यानगुमाएका छन् । हजारौँ अमेरिकीले दुई सातापछि मंगलबार फ्लोयडको अन्त्यष्टि गरेका छन् ।
कोरोनाभाइरसको महामारीबाट सबैभन्दा अमेरिकाप्रभावितभएको छ । जहाँलगभग २० लाख संक्रमितभएका छन् भने एक लाख १२ हजारभन्दा बढीमानिसको मृत्यु भएको छ । यद्यपिहजारौँ अमेरिकी फ्लोयडको हत्या विरुद्ध न्यायखोज्न सडकमाउत्रिएका छन् । न्याय, समानता र अश्वेत (कालाजाति)को सम्मानकालागि संघर्षमाओर्लिएकाहुन् । काला, गोरा सबै जाति समूहले फ्लोयडको हत्याका विरुद्ध निन्दा र भत्र्सना गरेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्ताहल्लाउने गरी उठेको संघर्षले उनकोे श्वेत श्रेष्ठ जातिभन्ने दक्षिणपन्थी सोचमा ब्रेक लागेको छ । अमेरिकाको मानवअधिकार, प्रजातन्त्र र जातीय समानताको नारालाई संसारले कुरीकुरी भनेको छ ।
सन् १९५० को दशकमा अश्वेत डा. मार्टिन लुथर किङ जुनियरको नेतृत्वमाभएको अश्वेत जातिले गरेको संघर्षसँग फ्लोयड हत्याविरुद्ध भएको आन्दोलनलाई तुलनागरिएको छ । सन् १९५५ माश्वेतलाई बसको सिट नछाडेको आरोपमा एक अश्वेत महिलापक्राउ परेको घटनाले अमेरिकामा रंगभेद विरोधीआन्दोलन भएको थियो ।
मार्टिन महात्मागान्धीको विचारबाट प्रभावितथिए । उनले अमेरिकामाकालाजातिमाहुने रंगभेद विरुद्धसशक्तआन्दोलनको नेतृत्व गरेका थिए। लुथरको नेतृत्वमाभएको आन्दोलनले अश्वेत जातिले कयौं अधिकार पाएकाथिए । ४ अप्रिल सन् १९६८ मा एक होटलमा ३९ वर्षको उमेरमा मार्टिन लुथर किङको गोलीहानीहत्याभयो ।
मार्टिनको हत्याविरुद्ध अमेरिका आगो बनेको थियो । मार्टिन हत्याविरुद्धको आन्दोलन हिंसात्मक बनेको थियो । लाखौँ लाखमानिस जातिभेद र रङ्गभेद विरुद्ध सडकमा ओर्लिएकाथिए। आजको अमेरिकामाअश्वेत नागरिकले जे जतिअधिकार पाएका छन् तीमार्टिन लुथर किङको नेतृत्वमाभएको संघर्षको परिणाम हुन् ।
फ्लोयड हत्या विरुद्धको आन्दोलनलाई मार्टिनको हत्याविरुद्ध भएको संघर्षसँग तुलनागरिएको छ । फ्लोयडको हत्याविरुद्ध भएको संघर्षले अमेरिकामासमानताको नारा पुनःस्थापितभएको छ । जातीयअसमानताको जारो हल्लिएको छ । र, फ्लोयडको अन्त्येष्टिकै दिनमंगलबार अमेरिकामापहिलो वायु सेनाको प्रमुखअश्वेत नागरिक भएका छन् ।
अमेरिकामाश्वेत प्रहरीबाट अश्वेत नागरिकको हत्याभएको घटना यो पहिलो घटनाहोइन । प्रहरीले साना साना कुरामादर्जनौैं अश्वेत नागरिकको हत्यागर्ने गरेको थियो । प्रहरीको त्यस्तो हत्याका विरुद्ध आवाज उठेपनि संघर्षको रुप लिन सकेको थिएन । तिनको विरोधहुन्थ्यो र मत्थर हुन्थ्यो । तर, फ्लोयडको हत्याले किननागरिक आन्दोलनको रुप लियो ? फ्लोयड हत्याको विरोध अमेरिकामामात्र सीमित रहेन, युरोप र एसियाकामुलुकमापनिफैलियो । नेपालमापनि फ्लोयड हत्याको विरोध भयो ।
अमेरिकामाअश्वेत नागरिकमाथिहुने भेदभावका सयौँ घटना छन् । अमेरिकामाभएको जातीयअसमानता र भेदभावउकुसमुकुस भएको थियो । फ्लोयडको हत्यातत्कालीन कारण भएपनि अमेरिकामाहुने रंगभेदीनीतिको विष्फोटको रुप हो ।
फ्लोयडको हत्यालाई पत्रकारिताको दृष्टिकोणले पनिविश्लेषण गर्नु आवश्यक छ । फ्लोयड हत्याप्रकरणमा नागरिक पत्रकारिताको औचित्यबलियो गरी स्थापितभएको छ । फ्लोयडको हत्याहुँदै गर्दा भिडियो नखिचिएको भएअमेरिका लगायतसंसारभर रंगभेद विरुद्ध आन्दोलन सम्भव हुन्थ्यो ?त्यो सम्भव थिएन ।
जसरी अन्यअश्वेतको हत्यापछि प्रहरीले रेडिमेट जवाफदिन्थ्यो, फ्लोयड हत्यामापनिप्रहरीले त्यहीजवाफदिन्थ्यो । तर, सडकमा हिँड्दै गरेका नागरिकले हत्यागर्दै गरेको भिडियो लाइभ गरे । उनीहरुले छाड्न भने, त्यतिगर्दा पनि नछाडेका कारण उनको हत्याभएको थियो । त्यो भिडियो नखिचिएको भए फ्लोयडको न्यायकालागि र अश्वेतको समानताको पक्षमायति ठूलो आन्दोलन असम्भवहुन्थ्यो ।
एक्काइशौं सताब्दीसँगै सुरु भएको सूचनाप्रविधिको विकास र सामाजिक सञ्जालको प्रयोगले नागरिक पत्रकारिताअझसशक्तभएको छ । फ्लोयडहत्याकोकसरी भयो ? प्रहरी र सरकारले ढाँट्न र लुकाउनै नसक्ने गरी खिचिएको त्यो भिडियो नागरिक पत्रकारिताको उत्कृष्टनमूना र अभ्यास हो । जसका कारण अमेरिकी राज्ययन्त्र नै हल्लिनपुग्यो । र, ट्रम्पको दक्षिणपन्थी विचारधारको अन्त्यनगरेपनि ब्रेकलगाउने काम गरेको छ ।
सोसल मिडिया आज वैकल्पिक मिडियाको रुपमा स्थापितहुँदै गएको छ । नागरिकले सोसल मिडिया मार्फत सरकार, सत्ता र शक्तिलाई नियन्त्रित र निर्देशितगर्दै लगेका छन् । सोसल मिडियाको विकास हुनु अघिसम्म नागरिक पत्रकारिताको कुनै खास मूल्यथिएन । तर,आजनागरिक पत्रकारितामूलधारका मिडियालाई चुनौतीदिने सक्ने भएको छ ।
यदि नागरिकले फ्लोयडको हत्याभएको भिडियो नखिचेका भए,मूलधारका मिडियाले देखाउने तथ्यपूर्ण बलियो सामग्रीनै हँुदैन्थ्यो । आज संसारभरका मिडियाले फ्लोयडको हत्याहुँदै गरेको तथ्यभनेकै नागरिकले कैद गरेको त्यही भिडियो बनेको छ ।