काठमाडौँ, १८ असार । दुई वर्ष अघि भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रया पूर्ण नहुँदै थिलथिलो भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र शीर्षबीच विवाद बढ्दै गएर पार्टी विभाजन त हुने होइन भन्ने तहमा पुगेका छन् । एउटा पंती पार्टी एकता जोगाउन सक्रिय हुन थालेका छन् ।
पार्टीका विवाद समाधान गर्न पार्टी स्थायी समितिको बैठक बसिरहेका समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाइ संसद स्थगत गर्न आकस्मिक सिफारिस गरेपछि नेकपा विभाजन हुनसक्ने आंकलन गरिएको हो । पार्टी र प्रधानमन्त्री ओलीबीच संकट गहिरँदै गएको छ ।
आज बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा तोकिएको स्थायी कमिटी बैठक बस्ने तयारी भएका बेला मध्याह्न १२ बजे मन्त्रिपरिषद्को बैठक पनि डाकिएपछि बिहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको टेलिफोन कुराकानीमा अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठकलाई निरन्तरता दिन र तत्काल मन्त्रिपरिषद्को बैठक नराख्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीले सङ्घीय संसद्को् चालू अधिवेशन अन्त्यको सिफारिसका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिएपछि अध्यक्ष प्रचण्डले अधिवेशन आजै अन्त्य गराउन नहुनेमा जोड दिएका थिए । तर, प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गराएरै छाडेका छन् ।
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश पुनः ल्याउने हो कि भन्ने चर्चा चलेको सन्दर्भमा अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेर स्थितिका बारेमा जानकारी गराएका छन् ।
कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नश्सा पारित गरेर प्रधानमन्त्रीको लोकप्रियता कायम भएपनि अन्य विषयमा आलोचित भएका छन् । दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर एकाएक आलोचित भएका प्रधानमन्त्री ओलीले आफुलाई हटाउन भारत सक्रिय भएको आरोप लगाएपछि विवाद नयाँ ढंगले सहतमा आएको हो ।
प्रधानमन्त्रीको कार्यशली, पार्टी निर्णयको अवज्ञा, सरकार संचालनमा एकलौटीपन, पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग सहकार्य नहुने लगायतका विषयमा पार्टी भित्र विवाद हँदै आएको थियो । पूर्व संचारमन्त्री गोकुल बास्कोटाको भ्रस्टाचार प्रकरण, स्वास्थ्य मन्त्रीको चिनियाँ सामग्री खरिदको कमिशन जस्ता विवादले ओली निकै बद्नाम भएका छन् ।
राष्ट्रियताका बाहेक अन्य मुद्दामा कमजोर सावित भएको ओली सरकारका गतिविधिले दुई पार्टीबीचको एकता थिलथिलो भएको नेकपाका नेताको बुझाई छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचका कतिपय एकता प्रक्रिया पूरा नभई नेकपा थिलथिलो भएको नेताले निष्कर्ष निकालेका छन् ।
पूर्व दुई पार्टी दुई गुट जस्ता नभएपनि नेकपामा पार्टी एताका बाँकी काम अलपत्र परेका छन् । पार्टी विवादले एकता प्रक्रिया कमजोर भएको र नेकपाको अबको भविश्य के हुने भन्ने निष्कर्ष निकाल्न नसक्ने अवस्था पुगेको छ ।