Logo
  माघ २२, २०७९ आईतबार

टुहुरेदेखि जीवन शर्मासम्मले नचाए, जनवादी गायकको सम्मान (फोटो फिचर)



झापा, ९ फागुन । जेबी टुहुरे, जीवन शर्मा, राम दुहाल, मधु गुरुङ लगायतका जनवादी गायकले आज बिर्तामोडमा दर्शकलाई नचाएका छन् । गौरिशंकर खड्का स्मृति प्रतिष्ठान झापाद्वारा बिर्तामोडको देवी माविमा आयोजित जनवादी साँस्कृतिक कार्यक्रममा उनीहरुले दर्शकलाई नचाएका हुन् ।

जेबी टुहुरेले आमा दिदी बैनी हो, जीवन शर्माको झरनाको चिसो पानी लगायतका गीतमा दर्शकलाई नचाएका थिए । मधु गुरुङ, रामकृष्ण दुवालका गीतमा पनि दर्शक नाचेका थिए । कोशी साँस्कृतिक परिवारले नृत्य प्रस्तुत गरेको थियो ।

पहिलो संविधानसभा सदस्य तथा तत्कालिन नेकपा माओवादी नेता खड्को नौं स्मृतिमा आयोजित कार्यक्रममा प्रतिष्ठानले जेबी टुहुरे, रामकृष्ण दुवाल, मणि थापा, जीवन शर्मा र चन्द्र भण्डारीलाई सम्मानपत्र सहित नगद ५० हजारले सम्मान गरेको छ । गायक खुसिराम पाख्रिनलाई मरणोप्रान्त सम्मान गरिएको थियो ।

नेकपा केन्द्रीय अनुसाशन आयोगका प्रमुख अमृत बोहोराले उनीहरुलाई सम्मान गरेका थिए । कार्यक्रम प्रतिष्ठानको सहयोगार्थ आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्