Logo
  माघ २२, २०७९ आईतबार

भारतीय सन्तको नजरमा, नेपालले ध्यान दिनु पर्ने कुरा…



वृहद् नेपाल छँदा हिमाचली, गढवाली र कुमाऊँनीहरू पनि हाम्रै जाति हुन्। हालका उत्तराखण्ड़ र हिमाचल प्रदेश पनि कुनै जमानामा नेपालको अधीनस्थ थिए । जसरी नेपालभित्र अनेकौं प्रकारका जातिहरू छन् जो कालान्तरमा देश(विदेशसम्म फैलिए। त्यसरी नै उत्तराखण्ड़ र हिमाचलभित्र पनि थुप्रै जातिहरू हाम्रै थिए कालान्तरमा पराया भए। ती जम्मै हाम्रै हुन् ।

गढ़वाल, कुमाउतिरका थुप्रैहरू हाम्रै डाँड़ा(काड़ाँ र पखेराकै जस्ता देखिन्छन् । बोल्दा मात्र गढ़वाली रहेछ भन्ने पत्तो लाग्छ । सतलुजदेखि सुनकोशभित्र बस्ने जम्मै जाति(प्रजाति हाम्रै हुन् । तालमेलको अभावमा अनि नेपाल गरिब र चेतना विहीन भएको हुँदा बिल्लीबाठ भएको छ हाम्रो विश्वव्यापी महाजातिको ।

अंग्रेज जस्तो महाशक्तिशालीलाई सम्म धुलो चटाउने जात आज लाञ्छना भोगिरहेको छ। नेपाल सरकारले गुमेको माटो सहितै आफ्नो जाति सम्म गुमाउने कार्य गरेको प्रतीत हुँदछ ।

आज नेपालबाट कुनै पनि नेपाली नागरिक कुनै पनि देशमा जाँदा नेपाली पासपोर्टले इज्जत पाउँदैन । नेपाली नागरिक लज्जित हुनुपर्छ । नेपालले एउटा रचनात्मक काम गर्ने हो भने विश्वमैं नेपालदेखि बाहिर गएर बसेका नेपाली र अन्यका बीच मधुर सम्बन्ध बढ्नेछ ।

हिजो आज उत्तराखण्डका मूल निवासी र नेपालीबीच केही तिक्तता बढेको देखिँदैछ । बेला बखत उत्तराखण्डबाट प्रकाशित खबरहरूको दुर्गन्धले यसै भन्दछ। कुनै जमानामा असमिया, बोडो,खासिया र नेपालीबीच मधुरता भङ्ग थियो ।

कुमाऊं र गढवालका साहित्यकार, लेखक,कलाकार, कविहरूलाई बोलाएर सालमा एक पल्ट सम्मान गर्ने हो भने, पूर्वोत्तर भारतका मूल निवासी साहित्यकार, कवि र कलाकारलाई बोलाएर नेपालमा प्रतिवर्ष सम्मान गर्ने गरिनु हो भने तत् तत् क्षेत्रका निवासीहरू नेपाल र नेपालीको पक्षमा बोल्न थाल्नेछन् ।

नेपालले राजनीति गर्दछ ,कूटनीति गर्दैन। कुनै जमानामा नेपालीले सम्मान गरेर लगाएको टोपी भूपेन हाजरिकाले कहिल्यै खोलेनन् । नेपालले अभिभावकको भूमिका अपनाउनु पर्छ । आफ्नो सरोकारसित सम्बन्ध भएका विभिन्न देश र क्षेत्रका मूल निवासी र नेपालीबीच एकताको सूत्र गाँस्नु पर्छ । ती विभिन्न देश र क्षेत्रका मानिसलाई आ आफ्नो भाषामा नेपाल र नेपाली संस्कृति बारे लेख्न प्रोत्साहित गर्नु पर्दछ । अनि ती लेखकहरूलाई प्रतिवर्ष नेपाल बोलाएर सम्मान गर्ने गरौं त कसरी नेपाल र नेपालीबारे देश विदेशबाट समर्थनका सुरहरू आउँछन्१ तर यसो गर्दैनौ किन भने तिमीहरू भोल्गा र भागिरथीमैं डुबुल्की लगाउन पल्किएका छौं। तिमीहरू मार्कस र विवेकानन्दलाई नेपालीहरूको आदर्श मान्दछौं ।

यो मधुबन मा मुरली, बजूँन्या को होला सु रु रु
कुमाऊँनी गीत उत्तराखंडको भनिए पनि यो गीत नेपालको पनि हो । गढवाल कुमाऊं मूलकी ज्योति उप्रेती कुमाऊंकी उप्रेती हुन् । कुमाऊंको उप्रेती र हाम्रो यहाँका उप्रेतीहरू समान उप्रेती हुन् ।

कुमाऊंकी गायिका ज्योति उप्रेती

त्यहाँका बिष्ट र यहाँका बिष्ट एकै हुन् तर सीमानाले हामीलाई छुट्यायो। सांस्कृतिक र भाषिक रूपमा हामी एउटै हौं भनेर कसैले जोड्ने काम गरेन । नेपालले अभिभावक भएर देश विदेशका साहित्य र कला क्षेत्रलाई सम्मान गरेको खण्डमा पर्यटनको पनि विकास हुन्छ । नेपाल र नेपाली प्रति हेर्ने नजर बद्लिन्छ। (कनकधारा स्वामी स्वदेशानन्द भारत सिक्कमका नागरिक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्