Logo
  माघ १५, २०७९ आईतबार

मनिषाको रि ट्वीटले भारतीय मिडियामा हङगामा



काठमाडौँ, ८ जेठ । भारतीय चलचित्रकी स्थापित नायिका मनिषा कोइरालाले कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दामा नेपाल सरकारलाई गरेको समर्थनको भारतीय मिडियाले चर्को आलोचना गरेका छन् । मनिषा विपी, मातृकाप्रसाद र गिरिजाप्रसाद कोइरालाकी नातिनी हुन् । तीन तीन जाना प्रधानमन्त्रीकी नातिलेले राष्ट्रियताका पक्षमा उभिँदा भारतीय मिडिलाले तल्लो स्तरको र भद्दा आलोचना गरेका छन् । सत्ता र सरकारमा भन्दा बढ्ता भारतीय मिडियामा छटपटी उत्पन्न भएको छ ।

मनिषा चलचित्रमा अभिनय गर्न मुम्बई गएकी थिइन् । उनी गुलाम बन्न गएकी थिइनन् । उनले कला बेचेकी हुन्, इमान बेचेकी होइनन् । उनी भारतकी स्थापित नायिका हुन् । तर, उनी नेपाली हुन् । उनले नेपाली राष्ट्रको पक्षमा आफ्नो धारणा राख्नु सामान्य कुरा हो । तर, भारतीय मिडियाको आलोचना, घेराबन्दी र छटपटीले मोदी मिडायाको चरित्र उदाङ्गो भएको छ ।

मनिषाले सामाजिक संजालमा परराष्ट मन्त्री प्रदीप ज्ञवालीले कालपानी, लिम्पीयाधुरा र लिपुलेक समेटेर नक्सा जारी गरे पछि गरेको ट्विटलाई रि ट्विट गर्दै ‘‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’ लेखेकी थिइन ।

यो रि ट्वीट पछि भारतीय मिडिया मनिषाप्रति आक्रमक रुपले आएका छन् । मनिषालाई भारतको दाना खाएर चीनको गित गाएको आरोप लगाएका छन् । भारतले रोजगार दियो, सम्मान दियो, पहिचान दियो तर चीनको गित गाइन् भन्ने आरोप लगाएका छन् । भारतीय मिडिया भारतको दाना खाएर नेपालको गित गाएको नभनेपनि चीनको गित गाएको मिथ्या आरोप लगाएका छन् ।

भारतका रक्षा मन्त्री राजनाथ सिंहले सडक उद्घाटन गरेपछि नेपालको प्रतिक्रियालाई भारतीय मिडियाले खासै ठाउँ दिएका थिएनन् । कम प्रभाव भएका टेलिभिजन, यूट्युव च्यानल र अनलाइनले मात्र कालापानीको मुद्दामा बहस चलाएकोमा मनिषाको रि ट्वीटले हङ्गमा मच्चिएको छ । भारतीय मिडियामा खासै ठाउँ नपाएको मुद्दा अहिले एकाएक मूल मुद्दा बनेको छ ।

नेपालले विवाद समाधानका लागि कूटनीतिक वार्ताको प्रस्ताव गर्दा कोरोना पछि भन्ने भारत नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि भने वार्ताबाट समस्या हल गर्नु पर्ने प्रतिक्रियादिन बाध्य भएको छ । त्यसमा मनिषाको रि ट्वीटले भारतीय नागरिक तहमा पनि कालापानीको मुद्दा पुगेको छ ।

नेपाली राष्ट्रियताको पक्षमा मनिषाको अडानले भारतका एकखाले बुद्धिजिवी, मिडिया र मोदी समर्थकलाई बलियो झड्का लागेको छ । उनीहरुका लागि मनिषाको रि ट्वीट सय भोल्टको झण्ड्का समान हो । उनले नेपाल सरकार बधाई दिएकी थिइन् । तर, भारतीय मिडियाका लागि त्यो रि ट्वीट पीडायुक्त भएको छ ।

भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दालाई मूलधारका भारतीय मिडिया ओझेलमा पार्ने प्रयासमा थिए । प्रतिक्रियात्मक मात्र थिए । तर, अहिले एकाएक यो मूल मुद्दा बनेको छ । उनीहरु नेपालले चीनको इशारामा कालापानी, लिपुलेक र लिम्पियाधुराको भारतीय भूमिमा दाबी गरेको हो । यो सदियौँदेखि भारतीय भूमि हो जस्ता प्रचारमा व्यस्त छन्् ।

तर, कतिपय नयाँ पुस्ताका परराष्ट्र विज्ञले नेपाललाई छोटेभाईको रुपमा होइन, मित्रको रुपमा हेर्नु पर्ने, रोटीबेटीको नारा पुरानो भएको, सन् १९९० को नेपाल, आजको नेपाल नभएको प्रतिक्रिया दिएका छन् । उनीहरुले नेपालले पछिल्ला वर्षमा ठूलो प्रगति गरेको बताएका छन् । नयाँ पुस्ताका परराष्ट्र मामलाका जानकारले भारतले नेपालसँग तत्काल वार्ता गर्नु पर्ने धारणा व्यक्त गरेका छन् ।

मनिषा कोइरालाको रि ट्वीट बहस चलेको छ भने सोसल मिडिया र नेपाली अंग्रेजी अनलाइनका कारण भारतका मिडिया र बुद्धिजिवीले फरक धारणा बनाउन पाएका छन् । विवादको विषयमा भारतको नयाँ पुस्ताले बास्तविकता के हो भनेर अध्ययन गर्न सक्ने अवस्था भएको छ ।

प्रतिक्रिया दिनुहोस्