Logo
  माघ २२, २०७९ आईतबार

पत्रकारमाथि आक्रमण गर्ने मालपोत कर्मचारी पक्राउ



झापा, १९ मंसिर । इलाका प्रहरी कार्यालय दमकले पत्रकारमाथि आक्रमण गर्ने मालपोत कार्यालय दमकका खरदार इन्द्र राजवंशी पक्राउ गरेको छ ।

शिवसताक्षीका सेवाग्राही सुरेश साहले मालपोत कार्यालयका खरदार राजवंशीलाई मङ्गलवार अपराह्न करिब ४ बजे दश हजार रुपैयाँ घुस दिँदै गरेको भिडियो खिचिरहेको अवस्थामा पत्रकार घिमिरे र क्यामेरा पर्सन भाष्कर श्रेष्ठलाई लछारपछार गर्दै करपिट गरिएको थियो ।

राजवंशी र लेखनदासको अराजक समूहले कार्यालय प्रमुखको कार्यकक्षमा लगेर पत्रकार घिमिरे, श्रेष्ठ र सेवाग्राही साहलाई हुल हुज्जत गरी क्यामेरा खोस्ने र कुटपिट गरिएको थियो ।

पीडतले मंगलबार नै इलाका प्रहरी कार्यालय दमकमा जारहेरी दिएपनि आज मात्र पक्राउ परेका हुन् । नेपाल पत्रकार महासङ्घ झापा शाखा लगायतका सङ्घ सङ्गठनले पत्रकार माथि भएको आक्रमणको निन्दा र भर्त्सना गरेका छन् । महासंघ लगायतका संघ संगठनको दबाबपछि प्रहरीले राजवंशीलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्