Logo
  माघ २१, २०७९ शनिबार

गज्जब प्रकृति



उज्यालो किरण आफैलाई अध्यारोतिर धकेल्छ,
जुन सधैं रातमा रमाउँछ
राम्रो हुन त नराम्रोको करेसा चाहिदो रहेछ,
फुल्न त गुलाफले पनि काँडाको बीच रोज्दो रहेछ ।।।

रोपेका विरुवा सबै कँहा जाग्छ र ? २
कुनै फक्रन्छन् नयाँ पालुवा लिएर
त कुनै धर्तीलाई रोज्दोरहेछ ,
राम्रो हुन त नराम्रोको करेसा चाहिदो रहेछ,
फुल्न त गुलाफले पनि काँडाको बिच रोज्दो रहेछ।।।

सुन्यता सधैं प्यारो हुन्छ र ? २
उत्सवमा सधैं भिड नै प्यारो लाग्दो रहेछ ,
तर उही शुन्यता एउटा शुक्ष्म सियोको तरङ्गले भत्काउदो रहेछ ।
त्यही भिडले एउटा उत्सवलाई मदिरा बनाउँदो रहेछ ।
शुन्य र भिड त केवल समय हेरेर मनुवाको आँखामा हास्दो रहेछ । ।

आजकल बुझ्छु मानिस सूर्य हुन चाहन्छ,
कसैबाट छेकिन चाहदैन,
तर पनि जुन जस्तो सुन्दर सूर्य छैन ,
अनि सूर्य भन्दा बृहत म जुन देख्दिन ।
बस्तु त हेर्ने आँखाले रोज्दो रहेछ,
प्रकृति आफैमा निरपेक्ष हुँदो रहेछ । । ।।

(झापा भद्रपुर निवासी कवयत्री भट्टराई कानुन व्यवसायी हुन्)

प्रतिक्रिया दिनुहोस्