Logo
  माघ १७, २०७९ मंगलबार

बुटवलबाट दाङ सारियो लुम्बिनीको मुख्यमन्त्री कार्यालय



दाङ, २० मंसिर । लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्री कार्यालय र सचिवालयको फर्निचर लगायतका सम्पूर्ण सामग्री दाङको देउखुरी ल्याइएको छ ।

तीन वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामानसहितको कार्यालयका सम्पूर्ण सामग्री बोकेर मुख्यमन्त्रीसहितको सम्पूर्ण टोली स्थायी राजधानी देउखुरी आइपुगेको हो ।

गएराति साढे १० बजे मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मा राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा मङ्गलवार बिहान झारिएको छ । अब मुख्यमन्त्री कार्यालको सम्पूर्ण काम देउखुरीबाट नै हुनेछ ।

मुख्यमन्त्रीको बुटवलमा रहेको अस्थायी मुकाम बन्द गरिएको छ । आन्तरिक मामिला मन्त्रालय, अर्थ मन्त्रालय र कोष लेखा नियन्त्रण कार्यालय पनि यो हप्ताभित्र अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी देउखुरी ल्याउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्