Logo
  माघ १६, २०७९ सोमबार

विदेशीले भारतमा भएको शेयर धमाधम बेच्न थाले



भारत, ३१ असोज । विदेशी लगानीकर्ताले भारतीय बजारमा भएको शेयर धमाधम बेच्न थालेका छन् ।

लगातार बजार घट्न थालेपछि अक्टोबरको पहिलो दुई हप्तामै विदेशी लगानीकर्ताले ७५ अर्ब भारुभन्दा धेरैको शेयर बेचिसकेका बीबीसी हिन्दीले जनाएको छ ।

विश्वका सबै अर्थतन्त्रमध्ये भारत अझै बलियो मानिने भए पनि विदेशी लगानीकर्ता भने चिन्तित छन् । भारतीय रिजर्भ बैंकका सबै प्रयासका बाबजुद पनि मूल्यवृद्धि नियन्त्रणमा आउन सकेको छैन । ब्याजदरमा निरन्तर वृद्धि र धेरै अन्तर्राष्ट्रिय संस्थाले भारतको कुल गार्हस्थ उत्पादनको वृद्धि कम हुने प्रक्षेपण गरेका कारण विदेशी लगानीकर्ता आत्तिएका खबरमा उल्लेख छ ।

यस्तै,अमेरिकामा ब्याजदर बढेपछि लगानीकर्ताले भारतबाट पैसा निकालेर अमेरिकी बैंकमै बचत र लगानी गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्