Logo
  माघ २१, २०७९ शनिबार

सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौँ, ६ कात्तिक । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले थप दुई दिनको म्याद थप गरेको छ ।

यसअघि थपिएको म्याद सकिएपछि प्रहरीलाई अनुसन्धानका लागि अदालतले थप दुई दिनको म्याद थप गरेको हो ।

गत असोज २० गते विमानस्थलबाट सन्दीपलाई पक्राउ गरी गौशाला हिरासतमा राखिएको छ । गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्