Logo
  माघ १५, २०७९ आईतबार

ड्रिम्स वल्र्डद्वारा ११ उद्यमी तथा व्यवसायीलाई सम्मान



झापा, २६ चैत । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच बिभिन्न ११ उद्यमी तथा व्यवसायीलाई सम्मान गरिएको छ । आफ्नो उद्यम तथा व्यवसायबाट युवाहरुलाई उत्प्रेणना दिन तथा समाजमा राम्रो छाप छोडेको भन्न ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले उनीहरुलाई सम्मान गरेको हो ।

उर्जा द टे«ेनिङ फर इन्टरप्रेनरसिप तालिमको समापनको अवसर पारेर कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनी र कार्यकारी निर्देशक सरोज खरेलले उनीहरुलाई सम्मान गरेको हो । यसरी सम्मानितहुनेहरुमा खगेन्द्र काष्ट फर्निचरका सञ्चालक खगेन्द्र खरेल, प्याक एण्ड प्याडल नेपालका सञ्चालक आकास श्रेष्ठ, डिएण्डडि बायो प्लानटेकका सञ्चालक डिल्लीराज उप्रेती, केक ग्यालरीका सञ्चालक बलराम राजबंशी, थड होम कफीका सञ्चालक राम तिवारी, पर्पल किचन तथा इन्टेरियरका सञ्चालक अजय चौधरी, धागो बुटीकका सञ्चालक सानि घिमिरे, लोटस सिटि मोवाइल हाउसका सञ्चालक उज्वल गुरागाई, साकम्वरी ट्रेड कन्सनका सञ्चालक सुभम गोयल, हिमालयन जनरल इन्स्योरेन्सका शाखा प्रमुख सुसिल गोयल रहेका छन् । तीन दिन सञ्चालन भएको उर्जा द टे«ेनिङ फर इन्टरप्रेनरसिप तालिममा जिल्लाभरका २ सय बिद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्