सोलुखुम्बुमा आगलागी हुँदा ८ लाख रुपैयाँ बराबरको क्षति
सोलुखुम्बु, ३१ असोज । सोलुखुम्बुमा एउटा घरमा आगलागी हुँदा ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
माप्यदुधकोशी गाउँपालिका-१ जुभिङका पवन विकको घरमा आइतबार बेलुका आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक राम किशोर शाहले विद्युत् सर्ट भइ आगलागी भएको जानकारी दिए । आगलागीबाट नगद ७५ हजार रुपैयाँसहित घरभित्र भएका सबै सामान जलेर नष्ट भएको उनले बताए ।