Logo
  आश्विन १६, २०७९ आईतबार

राष्ट्रिय महिला फुटबल टाेलीका प्रशिक्षक थापाले दिए राजीनामा



काठमाडौँ, ४ असोेज । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा दिएको घोषणा गरेका छन् ।

सोमवार सम्पन्न साफ महिला च्याम्पियनशिपको फाइनलपछि भएको पत्रकार सम्मेलनमा बोल्दै थापाले राजीना दिएका हुन् ।

उपाधि जिताउन नसकेपछि पदमा बस्नु उचित नरहेको बताउँदै उनले भने, ‘मैले उपाधि जित्ने लक्ष्य पूरा गर्न सकिनँ । अहिले नै पद त्यागको घोषणा गर्छु ।’

थापाले यसै प्रतियोगिताको सुरुमा प्रशिक्षकको जिम्मेवारी पाएका थिए । यसअघि उनले सन् २०१६ मा प्रशिक्षकको जिम्मेवारी पाउँदा पनि टोली सेमिफाइनलमा रोकिएको थियो । त्यस बेला सिलीगुडीमा भएको फाइनलमा भारत नेपाललाई हराउँदै विजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्