Logo
  मंसिर २०, २०७९ मंगलबार

काठमाडौँ महानगरपालिकामा दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा



काठमाडौँ, १६ असोज । काठमाडौँ महानगरपालिकाले दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।

डेंगु महामारीकै रुपमा फैलिरहेको अवस्थामा दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने मेयर बालेन शाहले बताए ।

डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा पनि दिनेछ । जसका लागि ११८० मा फोन गरेर सेवा लिन सकिनेछ । एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने मेयर शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्