Logo
  माघ १७, २०७९ मंगलबार

श्रममन्त्री श्रेष्ठ युएई जाँदै



काठमाडौँ, ३० फागुन । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)को संयुक्त समितिको बैठक र ‘भिजिट भिसा’मा युएईमा अलपत्र नेपालीका समस्यमा समाधान गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले युएईका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकसँग पनि छलफल गर्ने कार्यक्रम रहेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

मन्त्री श्रेष्ठले मङ्गलबार भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायबारे युएईका मानव संशाधनमन्त्री डा.अव्दुलरहमान अव्दुलमानन अल अवारसँग छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्