Logo
  माघ २५, २०७९ बुधबार

यस्तो छ आजको मौसम



काठमाडौँ, ७ कात्तिक । सोमबार बिहान प्रदेश-१ र मधेस प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश-१ र मधेस प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश-१, मधेस प्रदेशका साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्