Logo

इण्डो-नेपाल क्रिकेट प्रतियोगिताको फाइनलमा कानपुर



विराटनगर, २८ फागुन । शम्शेर क्रिकेट क्लब कानपुर (भारत) विराटनगरमा सञ्चालित इण्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सन्नी क्रिकेट क्लब कटियार (भारत)लाई ११३ रनले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

टस हारेर ब्याटिङ गरेको कानपुरले निर्धारित २० ओभरमा छ विकेट गुमाएर २२२ रन बनाएको थियो । सन्नी क्रिकेट क्लब कटियारले १४ दशमलव चार बलमा सबै विकेट गुमाउँदै १०९ रन मात्र बनाएको छ । कानपुरका अलराउण्डर खेलाडी राहुल सिंहलाई छ विकेट लिएवापत ‘म्यान अफ म्याच’बाट पुरस्कृत गरिएको छ । आगामी चैत १ गते हुने अन्तिम खेल कानपुर र पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्