काठमाडौँ, २९ फागुन । प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बस्नेगरी स्थगित भएको छ । प्रमुख प्रतिपक्षी एमालेको अवरोधबीच आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा विरुद्ध महाभियोग प्रस्तुत भएको छ । बैठकमा गुरुङले महाभियोग पेश गर्नुका कारण र प्रधानन्यायाधीश राणामाथि लगाइएको आरोप प्रस्तुत गरेका छन् ।
उक्त प्रस्तावमाथिको छलफल बुधबार दिउँसो १ बजे बस्ने बैठकमा छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जनाएका छन् ।