काठमाडौँ, ३० फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रूपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनु परेको बताएका छन् ।
काठमाडौँको मीनभवनमा आयोजित कांग्रेसको एकमहिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत आयोजित कार्यक्रममा बोल्दै न्यायालयको नेतृत्व असफल भएपछि समग्र न्यायालय सुधारका लागि संविधानसम्बत सुधारको प्रयास थालिएको बताएका हुन् ।
अहिलेको गठबन्धन निर्माण कांग्रेस रहर नभई परिस्थिति भएकाले तत्कालीन सरकाले गरेको असंवैधानिक कामलाई रोक्न र संविधानलाई ट्रयाकमा ल्याउन गठबन्धन बनेको समेत बताए ।
नेता सिंहले भने, ‘सरकार निर्माणका लागि गठबन्धन बनेको भन्दै चुनावसम्मै गठबन्धन गरेर जानुपर्छ भन्ने विषय उठेको छ । त्यस विषयमा पार्टीभित्र फरक-फरक मत रहेको छ । हामी एक महिने कार्यक्रम लिएर जनतामा जान्छौँ । कार्यकर्ताले जे सुझाव दिन्छन् सोही आधारमा पार्टी केन्द्रीय समिति बैठक बसेर आवश्यक निर्णय लिन्छ ।’