काठमाडौँ, ३ चैत । सत्तारूढ दल नेपाली कांग्रेसको जिल्ला कार्यसमितिहरूलाई आसन्न तीनै तहका निर्वाचन गतिविधि तीव्र बनाउन निर्देशन दिइएको छ ।
७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नयाँ मतदाता यकिन गर्न निर्देशन दिएका हुन् ।
परिपत्रमार्फत जिल्ला कार्यसमितिहरूलाई गाउँरनगरपालिकाको निर्वाचन घोषणापत्र लेखनका लागि समन्वय र सहजीकरण गर्न पनि निर्देशन दिइएको छ ।
“नगरपालिकाको छुट्टाछुट्टै घोषणापत्र निर्माणका लागि अविलम्ब जिल्ला कार्यसमितिले गाउँ, नगरपालिका कार्यसमितिलाई समन्वय र सहजीकरण गरी तयारी गर्ने, त्यसरी घोषणापत्र बनाउँदा नेपाली कांग्रेसले जितेका स्थानीय तहमा गत पाँच वर्षमा आफ्नो नेतृत्वमा भएका सकारात्मक काम र उपलब्धिहरू र जहाँ गत निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको थियो, ती स्थानीय तहमा उनीहरूले जनताको हितविपरीत गरेका कामहरू, भ्रष्टाचार, अनियमितता उनीरूले चुनावमा प्रतिबद्धता जनाएअनुसार नगरेका कामबारे जनतालाई सूचित गर्ने,” परिपत्रमा लेखिएको छ ।