Logo

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना इन्डोनेशिया जाँदै



काठमाडौँ, ४ चैत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन आज साँझ इन्डोनेशिया जाँदै छन् ।

उनी अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेशियाको संसदको आयोजनामा चैत ४-१० गतेसम्म हुन लागेको अन्तर व्यवस्थापिका संघको सम्मेलनमा भाग लिन इन्डोनेशिया जाने भएका हुन् ।

उनको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलुका साढे ९ बजे इन्डोनेशियाका लागि उड्ने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्