Logo

फुटबल खेलाडी एञ्जिलाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ बन्ने



काठमाडौँ, ४ चैत । महिला राष्ट्रिय फुटबल खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेर फिल्म ‘अन्जिला’ बन्ने भएको छ ।

शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा गरिएको हो । फिल्म मिलन चाम्सले निर्देशन गर्न लागेका हुन् ।

फिल्ममा खेलाडी एन्जिला स्वयंको मुख्य भूमिका रहनेछ । उनीसँगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठ लगायत कलाकारको अभिनय रहने कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले फिल्म र खेलकुद देशको पहिचानसँग जोडिएकाले यी दुवै क्षेत्र एकसाथ अगाडि बढ्नु पर्ने बताए । मन्त्री गहतराजले एञ्जिलाको जीवनीमा बन्न लागेको फिल्म खेल क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने धेरैका लागि प्रेरणा बन्ने धारणा राखे ।

फिल्ममा एञ्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथा समेट्ने निर्देशक चाम्सले बताए । ‘एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथालाई फिल्ममा देखाउने छौं ।

प्रतिक्रिया दिनुहोस्