झापा, ६ चैत । नेपाल बार एशोसिएसनको यही चैत १९ गते हुने निर्वाचनमा सत्ता पक्ष र प्रतिपक्षका कानुन व्यवसायी निकटका संघ संगठनका समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।
सत्ता पक्षका चार वटा संगठन र प्रतिपक्ष नेकपा एमाले निकटका कानुन व्यवसायीहरुको संगठनबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन प्रचारका लागि उम्मेदवार देश दौडाहमा छन् । निर्वाचनमा नेपाली काँग्रेस निकटको लोकतान्त्रिक कानुन व्यवसायी संघको नेतृत्वमा चारवटा संगठनको बृहत लोकतान्त्रिक, प्रगतिशील, समावेशी तथा पेशागत कानुन व्यवसायी समूह र एमाले निकटको प्रगगिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए)बीच मुख्य प्रतिस्पर्धा हुने भएको हो ।
नेपाली काँग्रेस निकटका कानुन व्यवासयीको संगठन लोकतान्त्रिक कानुन व्यावसायी सघ (डिएलए)का बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको नेतृत्वमा माओवादी केन्द्र निकटको गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संघ (आरपिएलए), नेकपा (एकीकृत समाजवादी) निकटको समाजवादी पेशागत कानुन व्यवसायी संडठन (एसपिएलए) र जनता समाजवादी पार्टी निकटको संघीय कानुन व्यवसायी संघ (एसएलए)ले मार्चाबन्दी गरेका छन् ।
नेकपा एमाले निकटका कानुन व्यवसायीको संगठन प्रगगिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए)का अध्यक्ष उम्मेदवार बरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीको नेतृत्वमा रहेको समूह पनि प्रतिस्प्रर्धामा छ । कानुन व्यवसायीका स्वतन्त्र समूह पनि छन् । बरिष्ठ अधिवक्ता घिमिरे र अर्का अध्यक्षका उम्मेदवार बरिष्ठ अधिवक्ता अधिकारी लगायत स्वतन्त्र समूह चुनावी प्रचारमा लागेका छन् ।
अधिकारी नेतृत्वको समूहले झापामा चुनावी प्रचार सकेर देश दौडाहमा लागेको छ । यसैगरी बृहत लोकतान्त्रिक, प्रगतिशील, समावेशी तथा पेशागत कानुन व्यवसायी समूहले महाकालीको चुनावी अभियान सकेर आइतबारदेखि झापाबाट सुरु गरेको छ ।
बृहत लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको नेतृत्वको समूहले झापाका कानुन व्यवसायीबीच अदालतको शुद्धिकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । झापा बारले आयोजना गरेको कार्यक्रममा बरिष्ठ अधिवक्ता घिमिरेले निर्वाचि भएपछि आफुले राजनीतिक विचारलाई बारको ढोका भन्दा बाहिर राख्ने प्रतिवद्धता व्यक्त गरे । उनले संविधान निर्माणमा कानुन व्यवसायीको भूमिका भएको बताउँदै संविधानको रक्षा गर्नु पनि कानुन व्यवसायीको दायित्व भएको बताए । उनले न्याय क्षेत्रमा हुने भ्रष्टचार न्युनिकरणका लागि आफुले भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।
महाससिचवकी उम्मेदवार अन्जिता खनालले पनि न्यायलय शुद्धिकरणमा जोड दिइन् । उनले पेशागत मर्यादा कायम गर्न र महिला कानुन व्यवसायीको भूमिका बढाउन आफुले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरिन् । खनाल निर्वाचित भएमा नेपाल बारले पहिलो पटक महिला महासचिव पाउने छ ।
यसगैरी झापा बारका पूर्व अध्यक्ष तथा बृहत लोकतान्त्रिक समूहका उपाध्यक्षका उम्मेदवार शुरज खत्रीले न्याय क्षेत्र सूधारका लागि संयुक्त प्यानको विजयी अनिवार्य भएको बताए । कार्यक्रममा समूहका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको परिचय गराइएको थियो ।
झापाको आयोजनामा आइतबार नै स्वतन्त्र समूहले झापाका कानुन व्यवसायसमक्ष आफ्नो प्रतिवद्धता व्यक्त गरेको छ । स्वतन्त्र समूहका अध्यक्षका उम्मेदवार अधिवक्ता पृथ्वीनाथ राईको नेतृत्वमा आएको समूहलेले नेपाल बारले न्यायलय सूधारमा प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाए । उनले न्यायलय र नेपाल बार एशोसिएसनको गरिमा कायम राख्न आफुहरु उम्मेदवार भएको बताए । अधिवक्ता राईले आफु निर्वाचित भए बार एशोसिएसनलाई दलीय प्रभावबाट मुक्त गर्ने प्रतिवद्धता व्यक्त गरे ।
स्वतन्त्र समूहका अध्यक्षका उम्मेदवार अधिवक्ता पृथ्वीनाथ राई
झापा बारका अध्यक्ष हरि अधिकारीले चुनावी अधियानका सम्बन्धमा आफ्नो धराण राखेका थिए । उपाध्यक्ष कमला आचार्यले स्वागत र सहसचिव देवी निरौलाले संचालन गरेको कार्यक्रममा कानुन व्यवसायीले राखेका प्रश्नको जवाफ उम्मेदवारले दिएका थिए ।