Logo

‘काेराेनाले हिमाली देशहरूमा ठूलाे आर्थिक समस्या परेकाे छ’



काठमाडौँ, ९ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारीका कारण नेपालसहित विश्वका हिमाली देशहरूमा ठूलो आर्थिक समस्या परेको बताएका छन् ।

बुधवार काठमाडौँको चन्द्रागिरिमा दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले अन्तर्राष्ट्रियस्तरबाट सहयोग भएमात्र नेपाल लगायतका हिमाली देशहरूको अर्थतन्त्रलाई बलियो बनाउन सकिने बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘कोभिड-१९ महामारीले हामी सबैलाई पिरोलेको छ । यसले हिमाली देशहरूको अर्थतन्त्रमा ठूलो असर गरिरहेको छ । अब नेपालसहितका हिमाली देशहरूले गुमेको अर्थतन्त्र फेरि पाउनलाई अन्तर्राष्ट्रिय समुदायको थप सहयोग र समर्थन आवश्यक पर्छ । रोजगारीका अवसरहरू सिर्जना गर्न र दिगो पूर्वाधारहरूको विकास सुनिश्चित गर्न आवश्यक छ, अध्ययनबाट पहाडी क्षेत्रहरूमा विश्वव्यापी रूपमा तापमान बढेको पाइएको छ भने औसतभन्दा धेरै छिटो न्यानो हुँदै आएको छ । दिगो पर्वतीय विकासको एजेन्डा नेपालका लागि सधैँ प्राथमिकताको विषय छ, हामीले यसको पक्षमा बेला-बेलामा आवाज पनि उठाएका छौँ, हामीले यही पर्वतीय अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा मुस्ताङमा ‘माउन्टेन एड्भोकेसी समिट’ गर्न लागेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्