Logo
  श्रावण ३०, २०७९ सोमबार

पाउ पाथिभरामा भक्तजनको घुइँचो (फोटोफिचर)



चारआली, ९ साउन । साउनको दोश्रो सोमबार आज पाउ पाथिभरा धाममा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

विशेष गरी मंगलबार र शनिबार भिड हुने यस धाममा हरेक वर्षको साउन महिनाको सोमबार पूजाआजाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

मन्दिरमा भारत तथा नेपालका विभिन्न ठाउँबाट पूजा आराधना एवम् दर्शनका लागि भक्तजन आउने गरेको पाउ पाथिभरा धामका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए ।

(फोटोफिचर)

प्रतिक्रिया दिनुहोस्