Logo
  माघ २२, २०७९ आईतबार

महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त छ: शाक्य



काठमाडौँ, २ चैत । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेको बताएका छन् ।

बुधवार मेयर शाक्यले माइतीघरमा रहेको आकाशे पुलको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । मेयर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेको तर सडकका पेटी सानो भएका कारण केही ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको पनि स्मरण गराए ।

उनले भने, ‘ महानगरसँग नीति पनि छ, कार्यक्रम पनि छ र बजेट पनि छ तर सडकको पेटी साँघुरो भएको हुनाले कहाँ राख्ने भन्ने समस्या छ । आवश्यक ठाउँमा वडाध्यक्षले सिफारिस गरेअनुसार आकाशे पुल बनाउन हामी तयार छौँ ।’

प्रतिक्रिया दिनुहोस्