Logo

निर्यात मुलुक उद्योग स्थापना गर्नुपर्छ: राई



विराटनगर, २७ चैत । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न निर्यात मुलुक उद्योग स्थापना गर्न उद्यमी लाग्नुपर्ने बताएका छन् ।

मोरङ व्यापार सङ्घले सञ्चालनमा गरेको ‘विराट ट्रेड एक्स्पो’को आज समापन गर्दै उनले उद्योग स्थापनाका लागि सहज ढङ्गले नीतिनियम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री राईले मुलुकको समृद्धि कायम एवं रोजगार वृद्धिमा उद्यमीहरू लाग्नुपर्नेमा जोड दिँदै एक्स्पोले राष्ट्रिय पूँजी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले सङ्घीय सरकारले विराटनगरमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणका लागि बजेट निकासा गर्न प्रक्रिया सुरु गरेको जानकारी दिए । मुख्यमन्त्री राईले उद्योगी व्यापारीको चाहनाअनुसार यस क्षेत्रका लागि आवश्यक पर्ने प्रदर्शनीस्थलका निर्माणका लागि सबै पक्षबीच आवश्यक छलफल सुरु गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्