Logo

तालमेल मिलेन भनेर गभर्नर निलम्बन गलत: कोइराला



काठमाडौँ, २९ चैत । सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु सरकारको गैर जिम्मेवारपन भएको बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले ४० करोड विदेशी रकम नेपालमा आउँदा राष्ट्र बैंकले छानबिन गर्न पाउनु पर्ने बताए ।

कोइरालाले अर्थ मन्त्रालयले गरेका गलत कामहरु राष्ट्र बैंकले रोक्ने काम गरिरहेको हुनाले अधिकांश लोकतान्त्रिक देशहरुमा अर्थमन्त्री र गभर्नरबीचको तालमेल नमिल्ने जिकिर गरेका थिए ।

कोइरालाले देशको आर्थिक स्थिति कमजोर भइरहेको बेलामा विलासिताका सामान, मरिच, सुपारी, मटर दाना लगायतका सामग्रीहरु आयात गर्नैपर्ने आवश्यकता किन छ? भन्ने प्रश्नको उत्तर सरकारले दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्