Logo

ताप्लेजुङमा दुई वटा घरमा आगलागी



ताप्लेजुङ, ५ वैशाख । ताप्लेजुङको फुङलिङ नगरपालिका-३ मा दुई वटा घरमा आगलागी भएको छ । बाबुराम गुरागाईं र भगिरथ गुरागाईँको घरमा आगलागी भएको हो ।

घरमा कोही नभएको समयमा आगलागी हुँदा बाख्रासहित अन्नपात, कपडा जलेर नष्ट भएको जिल्ला प्रहरीले जनाएको छ । एउटा भैँसी भने दाम्लो चुँडाएर भागेको उनका छिमेकी हरिप्रसाद घिमिरेले जानकारी दिए ।

आगलागीबाट के-कति क्षति भयो भन्नेबारेमा जानकारी लिने काम भइरहेको प्रहरीले भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्