Logo

निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि आज सुनुवाइ



काठमाडौँ, ६ वैशाख । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ।

गभर्नर अधिकारीको रिटको आज पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

अधिकारीले वैशाख ५ गते दायर गरेको रिट सर्वोच्च अदालतले सोमबार दर्ता गरेको थियो। अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै अर्थ मन्त्रालय, अर्थमन्त्री र सरकारले गठन गरेको छानबिन समितिलाई विपक्षी बनाएर रिट दायर गरेका छन्।

अधिकारीले रिटमा आफूमाथि गरिएको निलम्बन फुकुवा गरी पूर्ववत् कामकारबाही गर्न दिन अन्तरिम आदेशको माग गरेका गरेका छन्। सरकारले गत चैत २५ गते गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्