Logo

अमेरिकी डेमाेक्र्याटिक पार्टीका सांसदहरू नेपाल आउँदै



काठमाडौँ, ६ वैशाख । अमेरिकाको सत्तारुढ डेमोक्र्याटिक पार्टीका सांसदहरूको एक समूह यही वैशाख ९ गते आउँदो शुक्रवार नेपाल आउने भएको छ ।

अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार जना सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की नेपाल आउने भएका हुन् ।

उनीहरूसँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल आउँदै छन् । उनीहरू विभिन्न देशको भ्रमण गर्ने क्रममा नेपाल पनि आउन लागेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

नेपाल भ्रमणका बेला द्विपक्षीय कुटनीतिक सम्बन्ध र दुई देशका संसदबीचको सम्बन्धका बारेमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्