Logo

मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु



सप्तरी, १० वैशाख । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५ मलेकपुरमा आज दुई वटा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

हनुमाननगर कङ्कालिनी नगरपालिका-३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादवको मृत्यु भएको प्रहरी उपरीक्षक अविनारायण काफलेले जानकारी दिए ।

सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १-०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १-०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस्