Logo

स्थानीय तह निर्वाचन: दोस्रो दिनको उम्मेदवार मनोनयन दर्ता सुरु



काठमाडौँ, १२ वैशाख । आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरु तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन गर्दैछन् । निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोके पनि आइतबार धेरै पालिकामा साना दल र स्वतन्त्रको तर्फबाट मात्रै उम्मेदवारी दर्ता भएको छ ।

आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता सुरु भएको छ । बेलुकी ५ बजेसम्म ७५३ पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार हिजो देशभर १० हजार ५३३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्