Logo
  माघ २२, २०७९ आईतबार

चीनमा दुर्घटना भएकाे हवाईजहाजकाे ‘ब्ल्याक बक्स’ भेटियाे



काठमाडौँ, ९ चैत । चीनमा गएको सोमवार दुर्घटना भएको हवाईजहाजको ब्ल्याक बक्स आज भेटिएको सिन्ह्वाले जनाएको छ ।

दुर्घटना भएको हवाईजहाजको दुईटामध्ये एउटा ब्ल्याक बक्स भेटिएको हो ।

एक सय ३२ जना यात्रु यात्रु बोकेको हवाईजहाज दक्षिण–पश्चिम चीनमा गएको सोमवार दुर्घटना भएको थियो । बोइङ ७३७ हवाईजहाज चीनको गुआङ्सी क्षेत्रको वुझाउ सहर नजिकैको ग्रामीण क्षेत्रमा दुर्घटना भएको थियो ।

दुर्घटनालगत्तै उद्धारकर्ताहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए । उद्धारकर्ताहरूले आज मात्रै हवाईजहाजको ब्ल्याक बक्स फेला पारेका छन् ।

हवाईजहाज दुर्घटना हुनुमा मौसमसम्बन्धी कारण नभएको पनि सरकारी अधिकारीहरूले स्पष्ट पारेका छन् । घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले पनि औपचारिक र आधिकारिक रूपमा घटनाको बारेमा विस्तृत जानकारी दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्