बंगलादेशसँग नेदरल्यान्ड्स पराजित
होर्बाट, ७ कार्तिक । आईसीसी टि-२० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।
आज भएको सुपर १२ समूह ‘बी’ को खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हराएको छ ।
जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा सबै विकेट गुमाएर १ सय ३५ रन मात्रै बनाउन सक्यो ।
नेदरल्यान्ड्सका कोलिन एकरमनले ६२ रनको अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । बंगलादेशका तास्किन अहमदले चार तथा हसन मसुदले दुई विकेट लिएका थिए ।
होर्बाटमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनायो । उसका आफिफ हुसेनले सर्वाधिक ३८ रन बनाएका थिए ।
नेदरल्यान्ड्सका पाउल भान मेकरेन र बास डि लिडेले दुई-दुई विकेट लिएका थिए ।