Logo
  माघ १६, २०७९ सोमबार

मेरो एकमात्र एजेण्डा देशको विकास र समृद्धि: घर्ती



काठमाडौँ, ९ कार्तिक । नेकपा (माओवादी केन्द्र)की नेता ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन् ।

बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसिजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धिबाहेक अरु कुनै एजेण्डा आफूहरुसँग नभएको बताएकी हुन् ।

उनले अझै पनि आफूहरूले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै देशलाई क्रमशः समृद्ध बनाउँदै लाने बताइन् । उनले विगतमा गरिएका सम्पूर्ण कामको पनि जिम्मेवारी लिने बताइन् । “हामी आज तपाईंहरूको सामु आएका छौँ । देशको समृद्धिकै लागि हो । अरु हामीसँग एजेण्डा केही पनि छैन । यो देशको विकास बाहेक अरु छैन,” उनले भनिन्, “हामीले भनेको जस्तो देश भएको छ्रैन होला । तर हामी क्रमशः यो देशलाई समृद्ध बनाउँछौँ ।”

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं.२ मा प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहेकी नेता घर्तीले आफू निर्वाचित भएमा सवै पेसा, व्यवसायका मानिसको हक अधिकारको सुनिश्चित हुनेगरी कानुन बनाउने बताइन् ।

प्रतिक्रिया दिनुहोस्