Logo
  माघ २१, २०७९ शनिबार

संविधानको रक्षा र देशको समृद्धिको नेतृत्व गठबन्धनले गर्छ: खड्का



सुर्खेत, ३१ असोज । संविधानको रक्षा र देशको समृद्धिको नेतृत्व वाम लोकतान्त्रिक गठबन्धनले गर्ने नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् ।

निर्वाचन केन्द्रित कार्यक्रमका लागि आज सुर्खेत आएका उनले सुर्खेत विमानस्थलमा पत्रकारसँगको कुराकानीमा अथक प्रयासपछि ल्याइएको नेपालको संविधान रक्षा र देशको समृद्धिका लागि अहिले बनेको वाम लोकतान्त्रिक गठबन्धनले मात्रै नेतृत्व गर्ने बताएका हुन् ।

उपसभापति खड्काले भने, “विगतमा दुई÷दुई पटक संसद् विघटन गरेर संविधान र व्यवस्थालाई नै असर पार्ने प्रयासलाई परास्त गर्न अहिलेको गठबन्धन बनेकाले संविधान र व्यवस्थाको रक्षासँगै देशको समृद्धिका लागि गठबन्धनका साझा उम्मेदवारलाई जिताउन म आग्रह गर्दछु ।”

“देशलाई सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउने सङ्कल्प गठबन्धनको रहेको र आगामी निर्वाचनपछि बलियो र स्थिर सरकार बनाउन पनि हाम्रा साझा उम्मेदवारलाई जिताउनुहोस्”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्