Logo

महानिरीक्षक सिंह र अर्याललाई दर्ज्यानी चिह्न



काठमाडौँ, १९ वैशाख । नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न दिइएको छ ।

आज गृह मन्त्रालयमा भएको कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डेले उनीहरुलाई दर्ज्यानी चिह्न अर्थात फुली लगाइदिएका हुन् ।

मन्त्रिपरिषद्ले हिजो नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । सिंह २०४९ चैत ११ मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । यस्तै अर्याल २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन् ।

बढुवामा सशस्त्र प्रहरी महानिरीक्षकको नियुक्तिमा कुनै विवाद नआएको भए पनि नेपाल प्रहरीको नियुक्ति भने विवादित बनेको छ । रोलक्रममा तेस्रो नम्बरमा रहेका र पहिलो नम्बरका एआईजी विश्वराज पोखरेलभन्दा १६ महिनापछि एआईजी बनेका सिंहलाई महानिरीक्षक नियुक्त गरेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्