Logo

देश विकासका लागि एमालेले जित्न जरुरी: ओली



मेचीनगर, २० वैशाख । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताएका छन् ।

झापाको मेचीनगरमा आज अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेकपा एमालेको पक्षमा जनलहर आएको जिकिर गरेका छन् ।

मेचीनगर मुलुकको प्रवेशद्वार भएको हुँदा तीव्र विकासका लागि एमालेका उम्मेदवारलाई जिताउन उनले मेचीनगरबासीलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्